बुवाको १३ औं दिनमा पाहुना सरी प्रेमिकासँग आएको भन्दै रणबीर कपुर अत्यधिक ट्रोल
शुक्रबार, ०२ जेठ २०७७, ०८ : ४८

बलिउडका दिग्गज कलाकार ऋषि कपुरको अप्रिल ३० मा निधन भयो । ऋषि दुई वर्षसम्म ब्लड क्यान्सरबाट ग्रसित थिए । तीन दिनअघि ऋषि कपुरको १३ औं दिनमा उनको घरमा प्रार्थना सभाको आयोजना गरियो । यसका लागि रणबीर कपुर प्रेमिका आलिया भट्टसँगै घरमा आएको देखिए ।
त्यतिबेलाको रणबीरको फोटो सोसल मिडियामा चर्चामा विषय बनेको छ । यस्तो समयमा पनि रणबीर आफ्नी आमासँग किन बसिरहेका छैनन् भनेर धेरैले प्रश्न उठाएका छन् । कतिले उनको फोटोमा निकै खराब स्तरको कमेन्टसमेत गरेका छन् ।
रणबीरकी दिदी रिद्धिमा कपुर सानीले बुवाको १३ औं दिनको फोटो पोस्ट गरेकी छिन् ।
यसका साथै, आलिया यो दुःखको घडीमा रणबीर र उनको परिवारको साथमा छिन् । यद्यपि, रिद्धिमा भने लकडाउनका कारण आफ्नो बुवाको अन्तिम संस्कारमा समावेश हुन सकिनन् । पछि उनी गाडीमा यात्रा गरेर मुम्बई पुगिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाउको तल र खुट्टामाथि परेको अवस्थामा मृत भेटिए कर्मचारी
-
श्रेयस-इशान बीसीसीआईको केन्द्रीय सम्झौतामा फर्किए, रोहित-विराट ए प्लस ग्रेडमा कायमै
-
खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिन्छ : सभामुख घिमिरे
-
९ महिनामा ४७ अर्बको खाद्यान्न आयात, निर्यात कति ?
-
एसियन कप छनोटलाई ध्यानमा राखी महिला टोलीको प्रमुख प्रशिक्षक खोज्दै एन्फा
-
किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ