स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट छुटाउन माग
शुक्रबार, ०२ जेठ २०७७, ०७ : ५५
अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले एक वक्तव्य जारी गर्दै कुल बजेटको १० प्रतिशतभन्दा बढी स्वास्थ्य क्षेत्रमा ल्याउनुपर्ने माग गरेको छ ।
महासंघका तर्फबाट अध्यक्ष डा. कृष्णसागर पौडेलद्वारा जारी सो वक्तव्यमा ‘हाल चलिरहेको संसदको अधिवेशनमा हालको परिस्थिति र अगामी बजेटमा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्नेतर्फ सबैको ध्यान केन्द्रीत हुनेछ भन्ने कामना एवं विश्वास व्यक्त गरिएको छ ।
साथै जनमुखी बजेट निर्माणका लागि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित १३ वटा बुँदाहरुमा ध्यानाकर्षण पनि गराइएको छ ।
Title Photo: Background photo created by snowing - www.freepik.com