जापानका अधिकांश स्थानमा हटाइयो आपतकाल
शुक्रबार, ०२ जेठ २०७७, ०० : ०८
एजेन्सी । जापानका अधिकांश स्थानमा आपतकाल हटाइएको छ । कोरोना संक्रमितहरुको संख्यामा आएको तिब्र गिरावटपछि जापानले उक्त कदम चालेको हो । जापानका प्रधानमन्त्री सिञ्जो आबेले बिहीबार एक घोषणामार्फत मुलुकका ४७ प्रान्तमध्ये ३९ प्रान्तमा आपतकाल हटाइएको जानकारी दिएका छन् । यद्यपि, राजधानी टोकियो, ओसाका र होक्काइडोमा आपतकाल जारी रहनेछ । किनभने ती क्षेत्रमा दैनिक नयाँ संक्रमितहरु देखिइरहेका छन् ।
प्रधानमन्त्री आबेले भने, यदि सम्भव भयो भने बाँकी क्षेत्रमा पनि मे ३१ भन्दा पहिले नै आपतकाल हटाइनेछ ।’ जापानमा अहिलेसम्म १६ हजार ४९ जना कोरोना संक्रमित फेला परेका छन् भने ६ सय ७८ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
रहेनन् नोवेल पुरस्कार विजेता ल्याटिन अमेरिकी लेखक ल्वोसा
-
भारतीय वायु सेनाको विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार
-
फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा, पाेष्टर सार्वजिनक
-
पिताम्बरकाे प्रतिक्रिया सकारात्मक : निर्देशक कृषा चाैलागाई
-
लयमा फर्किँदै वीरगन्ज, नयाँ वर्षमा छैन रौनक (फोटोफिचर )