शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा चरेससहित २ जना पक्राउ

बिहीबार, ०१ जेठ २०७७, २२ : २५
बिहीबार, ०१ जेठ २०७७

धादिङ । गजुरी गाँउपालिका वडा नम्बर ६ दरियाल खोलाबाट आज एक सय किलोग्राम लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गाउँबाट चरेस बोकेर बजारतर्फ लाँदै गर्दा बाटोमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । पक्राउ पर्नेमा गजुरी –२ का ३७ वर्षीय टेकबहादुर तामाङ र २६ वर्षीय विकास तामाङ रहेका छन् । उनीहरुलाई लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । 

लागुऔषध चरेस बेक्न प्रयोग गरिएको प्रदेश नम्बर ३ –०२–०११ प ७४५८ र बा ९७ प ४९९९ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप