भारतले अतिक्रमण गरेको कालापानी–लिपुलेक क्षेत्र नजिकै सशस्त्र प्रहरीको गस्ती सुरु
काठमाडौं । नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा) मा बुधबार स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी)ले दुई देशबीचको सीामान वरपर गस्ती सुरु गरेको छ । बिहीबार प्रहरी टोली महाकारी नदी किनारा र सीमा क्षेत्र वरिपरि गस्ती गरेको छ ।
बिहीबारै सीमा जोडिएको महाकाली नदीमाथिको काठेपुल (सीतापुल) मा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राईसँग कुरा भारतीय एसएसबीका प्रतिनिधिले कुराकानी गरेका छन् । कुराकानीका क्रममा छाङ्रुस्थित सुरक्षा निगरानी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द पनि सहभागी रहेका थिए ।
चौकी स्थापना भएको भोलिपल्ट सशस्त्र प्रहरीका जवनाहरु आवश्यक हतियार र बन्दोबस्तीका सामान व्यवस्थापनमा व्यस्त रहे । आवश्यक हतियार र सामान नेपाली सेनाको हेलिकप्टरले केही माथि झारेको थियो । भारतले नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी तिब्बतको मानसरोवर जाने सडक बनाउन थालेपछि सरकारले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको स्थापना गरेको हो ।
तस्वीरः रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध