आइएमएस ग्रुपद्वारा आफ्ना सम्पूर्ण कर्मचारीहरूको कोरोना बिमा

काठमाडौं– आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीहरूलाई विश्वव्यापी कोभिड–१९ बिरूद्ध बिमा सुविधा प्रदान गरेको छ । कम्पनीले प्रति कर्मचारीलाई एक लाख रुपैयाँको स्वास्थ्य बिमा प्रदान गरेको छ ।
यस विश्वव्यापी कोरोना माहामारीको क्रममा, आइएसएस ग्रुपद्वारा आफ्नो सम्पूर्ण कार्मचारीहरुलाई स्वास्थ्य बिमा गराइएको छ । यदि कुनै कर्मचारीलाई कोरोना भाइरस लागेको देखिएमा यस बिमाले कार्मचारीलाई आर्थिक सहयोग पु¥याउने छ ।
आइएमएस ग्रुपक अध्यक्ष दिकेश मल्होत्राले भने, ‘आइएमएस ग्रुपमा हामीले हाम्रो कम्पनीका प्रत्येक कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिन्छौं र विशेष गरी यो कठिन समयमा हाम्रा सबै कर्मचारीहरूको हेरचाह गर्नु हाम्रो सबै भन्दा ठूलो उत्तर दायित्व हो ।
त्यसकारण हामीले यस्तो महत्वपूर्ण समयमा उनीहरूको आर्थिक भार घटाउन र उचित उपचारका लागि सहयोग पु¥याउन कोरोना भाइरसविरुद्ध स्वास्थ्य बिमा सुविधा उपलब्ध गराउने निर्णय गरेका
छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२९ प्रतिशत उद्योग तथा प्रतिष्ठानले दिएनन् न्यूनतम पारिश्रमिक
-
‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित
-
‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित
-
रोजगारी र उद्यम प्रवर्द्धनका लागि उत्कृष्ट उद्यमी छनोट
-
कोशी प्रदेशसँग हार्यो बलियो विभागीय टोली पुलिस क्लब
-
सगरमाथा संवादको तीन दिन : के-के छन् कार्यक्रम ?