बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘चीनसम्बद्ध’ ह्याकरहरुले घुसपैठ गर्न खोजेको अमेरिकी चेतावनी

विश्वको अर्थतन्त्र ३.२ प्रतिशतमा खुम्चने राष्ट्रसंघको प्रक्षेपण
बिहीबार, ०१ जेठ २०७७, १४ : १७
बिहीबार, ०१ जेठ २०७७

अमेरिकाका अधिकारीहरुले ‘चीनसम्बद्ध’ ह्याकरहरुको समूहले कोरोनाभाइरस संक्रमणको अध्ययन गरिरहेका संस्थाहरुमा घुसपैठ गर्न खोजेको आरोप लगाएको छ । अमेरिकाले आफ्ना वैज्ञानिक तथा जनस्वास्थ्य अधिकारीहरुलाई साइबर चोरीको बारेमा चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसंघले कोरोना महामारीका कारण संसारभरिमा ३ करोड ४४ लाख जना चरम गरिबीको रेखामुनि धकेलिने सम्भावना प्रक्षेपण गरेका छन् । त्यसरी कोरोनाका कारण चरम गरिबमा परिणत हुने यो क्रियाले सबैभन्दा बढी अफ्रिकालाई पिर्नेछ ।

राष्ट्रसंघका अनुसार विश्वको अर्थतन्त्र यो वर्ष ३.२ प्रतिशतमा खुम्चनेछ । यो भनेको सन् १९३० को दशकको आर्थिक महामन्दीपछिको सबैभन्दा ठूलो खुम्चाइ हुनेछ ।

राष्ट्रसंघको मध्य वार्षिक रिपोर्टका अनुसार कोभिड–१९ ले विश्व अर्थतन्त्रको नतिजालाई अगामी दुई वर्षभित्रमा ८२ खरब अमेरिकी डलर बराबर कटौती गराउने छ । यो भनेको विगत ४ वर्षभित्रको सबै उपलब्धिहरुलाई ध्वस्त पार्नु बराबर हुनेछ ।

कोरोना महामारीले सबैभन्दा बढी आक्रान्त भएका देशहरुको सूचीमा ब्राजिल छैठौं नम्बरमा पुगेको छ । पछिल्लो पटक त्यहाँ दैनिक संक्रमण दर ११,३८५ र नयाँ मृत्यु हुनेको संख्या ७४९ पुगेको छ ।

कोरोनाका कारण पक्षघातको अवस्थामा पुगेका अर्थतन्त्रलाई चलायमान बनाउन अमेरिकाका थुप्रै राज्यहरुले आफ्ना आर्थिक गतिविधिहरुलाई पुनः सञ्चालन गर्न थालेका छन् । तर स्वास्थ्यविद्हरुले त्यसरी गतिविधिहरु खुला गर्दा फेरि भाइरस संक्रमणले जोर पक्रने चेतावनी दिएका छन् ।

भाइरसको संक्रमणले आतंकित पारिरहेको स्थितिबीच फिनल्याण्डले आफ्ना स्कुलहरु खोल्न थालेका छन् । यसअघि फिनल्याण्डले आठ हप्तासम्म लकडाउन लगाएको थियो । त्यहाँको शिक्षक युनियनले यसरी स्कुल खोलिनु बच्चाहरु र शिक्षक तथा शैक्षिक कर्मचारीहरुका लागि सुरक्षित नहुने चेतावनी दिएको छ ।

स्कुल खोलिएपछि भौतिक दूरीको नियमलाई कडाइका साथ पालना गराइएको छ । तर पढाइ नभएको बेलामा थुप्रै बच्चाहरु खेल मैदानमा भेला हुँदा संक्रमण सर्ने खतरा भएकोले खाली समयलाई हटाइएको छ ।

बितेको २४ घण्टामा रुसमा कोरोनाको ९,९७४ नयाँ संक्रमण फेला परेक छन् । मे २ पछिको यो सबैभन्दा कम संक्रमण मानिसएको छ । अहिलेसम्म रुसमा २,५२,२५ संक्रमित फेला परिसकेका छन् ।

जापानले आगामी बिहीबारदेखि अधिकांश भागबाट संकटकाल हटाउने तयारी गरिरहेको छ । तर कोरोनाभाइरसको संक्रमणको डरले राजधानी टोकियोमा लगाएको प्रतिबन्धहरु चाहिँ यथावत रहनेछ ।

संसारकै तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक जापानले गत १ महिनाअघिदेखि राष्ट्रव्यापी संकटकाल लगाएको छ ।

अलजजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप