बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युएईले सबै किसिमका भिसामा लाग्ने जरिवाना मिनाहा गर्‍यो, गैरकानुनी रुपमा बसेका नेपालीलाई राहत

बिहीबार, ०१ जेठ २०७७, १३ : ४१
बिहीबार, ०१ जेठ २०७७

युएई । युएई सरकारले भिजिट, आवासीय र कामदार सबै किसिमका भिसामा लाग्ने जरिवाना मिनाहा गरेको छ ।

लामो समयदेखि विभिन्न कारणले भिसा अवधि सकिएर गैरकानुनी रुपमा बसेका विदेशीनागरिकहरुको लागि युएई सरकारले आममाफी सहित जरिवाना मिनाहा गरेको संघीय प्राधिकरण परिचय र नागरिकता (एफआईआईसी) का एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै खलिज टाईम्सले समाचार छापेको छ।

पछिल्लो समय युएई सरकारले गत मार्च १ तारिखदेखि लागेको जरिवाना मात्र मिनाहा गरेको थियो। तर बुधबारको सरकारी निर्णय अनुसार भने मार्च १ भन्दा अघि भिसा सकिएर लागेको जरिवानाहरु पनि मिनाहा  हुने भएको हो। साथै ईमिरेट्स आईडी र लेबर कार्ड(वर्क पर्मिट)मा लागेको जरिवाना पनि मिनाहा भएको हो।

यसरी गैर कानुनी रुपमा भिसा सकिएर बसेका नागरिकहरुको जरिवाना मिनाहा हुनेहरुले आगामी मे १८ देखि ३ महिना भित्र यो देश छाडिसक्नु पर्नेछ ।यसरी गएकाहरुले अवस्था सामान्य भए पछि कुनै पनि बेला युएई आउन पाउने छन्। प्रवेश प्रतिबन्ध  लाग्ने छैन।

युएई सरकारको उक्त निर्णयले लामो समयदेखि युएईमा गैरकानुनी रुपमा बसेका नेपाली नागरिकहरुले राहत पाउने छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप