आज देखिएका सर्लाही, धनुषा र महोत्तरीका पुरानै संक्रमित

सरकारले कोरोना भाइरस (कोभिड –१९) का संक्रमित २४५ नै रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले १०.१५ बजे पछिल्लो विज्ञप्ति जारी गरी नयाँ देखिएका पाँच संक्रमित पुरानै रहेकाले संक्रमितको संख्या २४५ जना नै रहेको स्पष्ट गरे ।
यसअघि मन्त्रालयले ७.४५ बजे जारी गरेको विज्ञप्तिमा धनुषा, महोत्तरी र सर्लाही तीन जिल्लाका पाँच जना नयाँ सङ्क्रमित भनिएकामा सच्याइएको उनले जानकारी दिए ।
“अद्यावधिक विवरणअनुसार कोभिड –१९ को पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै रहेको छ”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ पछिल्लो अद्यावधिक विवरणअनुसार २५० भएकामा प्राविधिक कारणले पहिल्यै नै पुष्टि भएका पाँच जनाको विवरण पुनः रिर्पोटिङ भएको जानकारी गराउन चाहन्छु ।”
यसअघि मन्त्रालयले २५० जनामा कोभिड –१९ भएको पुष्टि गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले आज देखिएका नयाँ संक्रमितमध्ये काठमाडौँ, चन्द्रागिरिका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका रहेको बताए ।
मन्त्रालयले पहिले बिहान ६.१५ बजे दुई र पछि ७.४५ बजे पाँच जना नयाँ संक्रमित भन्दै विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
-
काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द
-
दाङमा चलचित्र निर्माण कार्याशाला हुने
-
छैटौँपटक शल्यक्रिया गराएपछि अस्पतालको शय्याबाट एक घाइते क्रिकेटरको बिलौना