९ महिना अघि मात्रै पोष्ट गरेका थिए, ‘म क्यान्सरबाट बचेँ, मरिनँ’: ४२ वर्षको उमेरमा अभिनेताको निधन
पिके, रकअनजस्ता फिल्ममा काम गरिसकेका टिभी तथा फिल्म अभिनेता साइ गुन्डेवरको चार दिनअघि अर्थात् मे १० तारिखमा निधन भएको छ । उनी ब्रेन क्यान्सरबाट पीडित थिए र उनको उपचार लस एन्जिलिसमा चलिरहेको थियो । यो खबर महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गरेका छन् ।
अनिलले मराठीमा लेखेको यो ट्वीटमा भने, ‘पिकेजस्तो चर्चित फिल्ममार्फत् दर्शकको दिलमा बसेका नायक साईप्रसाद गुन्डेवारको क्यान्सरका कारण दुःखद निधन भएको छ । उनलाई भावपूर्ण श्रद्धाञ्जली ।
पी. के. सारख्या लोकप्रिय चित्रपटांच्या माध्यमातून प्रेक्षकांची मने जिंकणारे अभिनेते साईप्रसाद गुंडेवार यांची कॅन्सरशी झुंज अखेर अपयशी ठरली. त्यांच्या निधनाने भारतीय चित्रपट सृष्टीने हरहुन्नरी अभिनेता गमावला आहे. भावपूर्ण श्रद्धांजली! pic.twitter.com/oHg8qDq4UF
— ANIL DESHMUKH (@AnilDeshmukhNCP) May 10, 2020
९ महिना अघि अर्थात् अगस्ट २०१९ मा साईले एक पोस्ट इन्स्टाग्राममा सेयर गर्दै लेखेका थिए, ‘साथीहरु, मलाई थाहा छैन कि कतिजनालाई यसबारे थाहा छ । तर भगवानको कृपाा र मेडिकलको सहयोग पछि क्यान्सरबाट निस्कन सकेको छु, र मरेको छैन । सायद मलाई केही मानिसहरुले साँच्चै नै माया गर्नुहुन्छ । साईले अमेरिकाका चर्चित सिरिज जस्तै स्वात, कग्नी एण्ड लेसी, द ओरविले, द मार्स, कन्सपाइरेसीमा काम गरेका थिए । उनी सन् २००७ मा भारत फिर्ता भएका थिए । साई सन् २०१० मा चर्चित भएका हुन् ।
साईलाई एमटिभी स्प्लिज्विला सिजन ४, आई मी और मे, बाजार, डेविड र युवराज फिल्ममा देखिएको थियो । साईको फेसन डिजाइनर सपना अमिनसँग पाँच वर्षअघि विवाह भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
-
जेलेन्स्कीले भने, ‘शान्ति वा नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु’
-
राम्रो निद्राका लागि ३ योगासन
-
माओवादीको हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान किन ?