एनआरएन युकेद्वारा कोरोना संक्रमित नेपालीहरुको तथ्याङ्क सार्वजनिक

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले बेलायतका गैरआवासीय नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक विस्तृत तथ्याङ्क सार्वजनिक गरेको छ ।
अप्रिल १३ तारिखसम्मको तथ्याङ्क अनुसार हालसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको बताएको छ ।
जसमध्ये ६१ जनाको कोरोनाको संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमणका कारण १ सय १५ जना अस्पताल भर्ना भएको र १७ जना नेपालीहरु अहिले अस्पतालमा उपचार गराइरहेको तथ्याङ्कमा उल्लेख छ ।
त्यसैगरी ३७ जना कोरोनालाई जितेर उपचारपछि घर फर्किएका छन् । कोरोनाको लक्षण देखा परेर ६ सय ३२ जना घरमा नै आइसोलेसनमा बसेका भएपनि ५ सय ७० जनालाई ठिक भैसकेको र ६२ जना अझै आईसोलेसनमा रहेको तथ्याङ्कमा उल्लेख छ ।
अन्य थुप्रै व्यक्तिहरुको निधन भएको र उनीहरुको मृत्युको कारण पुष्टि हुन बाँकी रहेको एनआरएन यूके हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले बताएका छन् ।
एनआरएनए यूकेले बेलायतमा अफ्ठेरोमा परेका नेपालीहरुको सहयोगका लागि संघमार्फत २५ डाक्टर, २४ नर्स र १ सय २ जना स्वयमसेवक गरी कुल १ सय ५१ जना खटिएको बताएको छ ।
त्यस्तै, संघले समस्यामा पर्ने विद्यार्थीहरुलाई राहतदेखि बेलायतका विभिन्न क्षेत्रस्थित भुपू गोर्खा र वृद्धवृद्धा लगायतलाई प्राथमिकतामा राखी मास्क, स्यानिटाइजर, पञ्जा लगायतका सुरक्षा सामग्री वितरण गरिरहेको छ ।
नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको पछिल्लो जानकारी अनुसार सोमबार सांझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण निधन भएको पुष्टी भइसकेको छ ।
मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिकहरु रहेको छन् ।
अहिलेसम्म ४९ जना पूर्व गोर्खा सैनिक तथा ११ जना गैर गोर्खाहरु रहेका छन् । तेस्तै २० जनाको लन्डनभित्र र बाँकी ४० जनाको लन्डनभन्दा बाहिरका स्थानमा निधन भएको दूतावासले जनाएको छ ।
मृत्यु हुनेमा धेरैजसो ७० वर्षमाथिका छन् । नेपाली दूतावास लन्डन र गोर्खा वेल्फेयर ट्रष्ट, भूतपूर्व गोर्खाका संघसंस्था लगायतको संयुक्त प्रयासमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।
बुधबार दिउँसोसम्म बेलायतमा ३३ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । तर राष्ट्रिय तथ्याँक विभागले भने मृतक संख्या ४० हजारभन्दा बढी रहेको दावी गरेको छ । कोरोनाकै कारण अहिलेसम्म विश्वभरिमा झन्डै तीन लाख मानिसहरुले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल