माइतीघरमा प्रदर्शन गर्नेलाई प्रहरीले विद्युतीय झट्का लगाएको खुलासा
भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ। विद्यार्थीले गरेको सो प्रदर्शनमा विद्युतीय झट्का प्रयोग गरेको पाइएको कान्तिपुर दैनिकमा खबर छ ।
प्रहरीले विद्युतीय झट्का दिने इलेक्ट्रोनिक सकर २०६२–०६३ को जनआन्दोलनमा प्रयोग गरेको थियो । हुलदंगा हुँदा कसैलाई नियन्त्रणमा लिनुपर्दा वा दंगा गर्नेलाई भागाउन उक्त इलेक्ट्रोनिक सकर प्रयोग गरिने प्रहरीले जनाएको छ ।
तर माइतीघरमा सोमबार शान्तिपूर्ण रुपमा भेला भएका विद्यार्थीमाथि प्रहरीले उक्त डिभाइस प्रयोग गरेको हो । पूर्वमहान्यायाधीवक्त रमण श्रेष्ठले प्रहरीले झट्का दिनुलाई मौलिक अधिकार र मानवअधिकार विरुद्धको कार्य भएको टिप्पणी गरे ।
प्रहरी प्रवक्ता निरजबहादुर शाहीले भने फिल्डमा खटिएका अधिकृतलाई यसबारे थाहा हुने प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई बढ्दो उत्तर कोरियाली समर्थन धेरै चिन्ताजनक : फ्रान्स
-
पर्यटकीय स्थलबाट अन्नपूर्ण गाउँपालिकाले गर्यो एक करोडबढी आम्दानी
-
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीका सय दिन, यस्ता छन् उपलब्धि
-
विपद् संकटग्रस्त स्थानीय तहमा राहत तथा पुनर्स्थापनाका लागि ४३ करोड अनुदान दिने मन्त्रिपरिषद्को निर्णय
-
थप्रेक दौड प्रतियोगितामा मगर प्रथम
-
डब्लुटिटी 'युवा ग्रान्ड स्म्यास' सन् २०२५ बाट सुरू हुने