शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यूरोपमा जारी छ मृत्युको सिलसिला

बिहीबार, ०१ जेठ २०७७, ०६ : ४१
बिहीबार, ०१ जेठ २०७७

फ्रान्समा बुधबार कोरोनाका कारण ८३ जनाको मृत्यु भएको छ । यससँगै यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ हजार ७४ पुगेको छ ।

फ्रान्सको स्वास्थ्य विभागका अनुसार देशभरी २४ सय २८ बिरामी अहिले पनि इन्टेन्सिभ केयर यूनिटमा छन् । पछिल्लो २४ घण्टामा फ्रान्समा ६९ नयाँ संक्रमित भेटिए ।

फ्रान्सबाहेक अमेरिका, ब्रिटेन, इटली र स्पेन संसारका त्यस्ता देश हुन् जहाँ कोरोनाका कारण २७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बुधबार स्पेनमा १ सय ८४ व्यक्तिको मृत्यु भएको छ । त्यसपछि स्पेनमा हालसम्म कोरोनाका कारण २७ हजार १ सय ४ जनाको मृत्यु भइसकेको छ ।

बुधबार इटलीमा १ सय ९५ जनाको मृत्यु भएको छ । त्यसपछि इटलीमा कोरोनाका कारण हालसम्म ३१ हजार १ सय ६ जनाको मृत्यु भइसकेको छ ।

 यसका साथै बेलायतमा कोरोनका कारण ज्यान गुमाउनेको संख्या ३३ हजार पार भएको छ । बेलायतमा बुधबार ४ सय ९४ जनाको मृत्यु भएको छ । यससँगै बेलायतमा मृतकको संख्या ३३ हजार १ सय ८६ पुगेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप