शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निलम्बित सांसद आलमको क्षेत्रको विकास बजेट निकासा गर्न सत्तापक्षकै नेताहरुको चलखेल

बुधबार, ३१ वैशाख २०७७, २२ : ०१
बुधबार, ३१ वैशाख २०७७

रौतहट । कर्तब्य ज्यान बिष्फोटक पदार्थ ओसार पसार लगायत विभिन्न मुद्धामा परेर हिरासतमा रही पद निलम्बित समेत भइसकेका रौतहट क्षेत्र २ का निलम्बित सांसद मोहमद आफताब आलमको क्षेत्रमा विकास बजेट निकासा गर्न चलखेल सुरु भएको छ ।

निति र विधि विपरीत सत्तापक्षकै केही नेताहरुको दवाब तथा विभिन्न प्रभावमा निलम्बित सांसद आलमको सांसद विकास कोषको रकम निकासा गर्न चलखेल भएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको नेतृत्वमा अनधिकृत ढङ्गले रौतहटमा बजेट चलाउने प्रयास भएको देखिएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नाम दिइएको संसदीय कोषको सञ्चालन कार्र्यविधि विपरीत उक्त क्षेत्रमा आर्थिक अनियमितता गर्ने मनस्थितिबाट बैठक बस्ने र बजेट खर्च गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको स्रोतको दावी छ । 

कार्र्यिवधि अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि जारी आर्थिक वर्षको फागुन १५ गतेभित्र सबै बैठक बसेर कार्य सम्पन्न गरिसक्नुपर्ने हुन्छ । सम्बन्धित क्षेत्रको प्रत्यक्ष निर्र्वािचत सांसदको संयोजकत्वमा बैठक बस्ने र कार्यक्रम तय गर्ने व्यवस्था छ ।

तर रौतहट क्षेत्र नम्बर २ का सांसद  आलम कर्तव्य ज्यान मुद्दा परेपछि निलम्बित भएर उनी अहिले कारागारमा छन् । प्रत्यक्ष निर्वाचित सांसद नभएको खण्डमा उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद, राष्ट्रिय सभा सदस्यको संयोजकत्वमा बैठक बसी निर्णय गर्ने व्यवस्था छ ।

तर उक्त क्षेत्रमा समानुपातिक सांसद राष्ट्रिय सभा सदस्य नभए पनी केही सतापक्षकै नेताको मिलोमतोमा संसदीय बजेट खर्च गर्ने खेल सुुरु भएको छ । 

नेपाली काँग्रेसका नेता समेत रहेका अफताब आलम जेलभित्रैबाट संसदीय बजेट खर्च गर्न सक्रिय छन् भने रौतहटकै नेकपाको एउटा गुट उनीसँग तालमेल गरी बजेट खर्च गर्न बैठक बसिरहेको छ ।

स्रोतका अनुसार अनधिकृत रुपले खर्च गर्न खोजिएको उक्त बजेटमाथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको नजर छ । नेकपा सांसद कल्याणीकुमारी खड्काको नेतृत्वमा केही नेकपाको नेताको दवाबमा संसद विकास कोषको रकम निकासा हुन लागेको छ । रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद खड्कालाई जेलभित्रबाट अफताब आलमको समर्थन छ भने बाहिर मन्त्री हृदयेश त्रिपाठीले सघाएका छन् ।

गुपचुप रुपमा कार्र्यिवधि विपरीत बैठक बसी कार्यक्रम अगाडि बढाउन थालिएपछि यसको विरोधमा पनि त्यतिकै आवाज उठिरहेको छ । नेकपा सांसद रेखाकुमारी झाले त उक्त कार्य रोक्न लिखित रुपमै उजुरी दिएकी छिन् ।
रौतहट क्षेत्र नम्बर ३ का सांसद समेत रहेका नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले पनि यस कार्यको विरोध गरेका छन् । कार्यक्रम सञ्चालनको जिम्मा पाएका मन्त्री स्वयम् आर्थिक चलखेलमा उत्रिएकोले यस्तो भएको उनको बुझाइ छ । 

सारा विश्वसँगै नेपाल पनि अहिले कोरोना संक्रमणको उच्च जोखिमयुक्त अवस्थाबाट गुज्रिरहेको समयमा संघीय मन्त्रालय निरन्तर एकपछि अर्को भ्रष्टाचारजन्य कानून विपरीतका काम भइरहेकाले छानबिन हुनुुपर्ने सांसद साहले माग गरेका छन् ।

यस समाचारबारे मन्त्री त्रिपाठी र सांसद कल्याणी खडकासँग प्रतिकृया लिन खोज्दा सम्पर्क हुन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप