बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुमा ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

बुधबार, ३१ वैशाख २०७७, २१ : ३५
बुधबार, ३१ वैशाख २०७७

कपिलवस्तुमा सर्वसाधारणको सुुरक्षामा खटिएका ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुुरक्षामा खटिएका नेपाल प्रहरीका  सई, सशस्त्र प्रहरीका सई र राष्ट्रिय अनुन्धान विभागका असईमा कोरोना संक्रमण पुष्टि कपिलवस्तुका प्रमुख अधिकारी दीर्घ नारायण पौडेलले रातोपाटीलाई बताए ।

उनीहरुलाई उपचारका लागि बुटवलमा लग्ने कि कपिलबस्तुमै राख्ने भन्नेमा छलफल भइरहेको उनले बताए । उनका अनुसार तीनै जनाको अवस्था सामन्य रहेको छ भने अन्य संक्रमतिलाई पनि कहाँ उपचार गर्ने भन्नेबारे छलफल भइरहेको छ।  

यसअघि कपिलबस्तुमा एक नर्समा पनि कोरोना संक्रमित भएका थिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार कपिलबस्तुमा थप ८ जनामा कोरोना पुष्टि भएको उल्लेख थियो । जसमा २२, २९, ३२, ४०,४०, ४०, ४२, ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिए । 

योसँगै कपिलबस्तुमा कोरोना संक्रमतिको संख्या ३९ पुगेको छ  । यसैगरी प्रदेश नम्बर ५ मै रुपन्देहीमा २९, बाँकेमा २५ तथा बर्दिया र पश्चिम नवलपरासीमा १–१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 
पछिल्लो समय फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्कर्मी तथा पत्रकारमा कोरोना पुष्टि हुन थालेको छ । 

मंगलबार भक्तपुरमा बस्दै आएका रामेछापमका एक सशस्त्र प्रहरीका जवानमा पनि कोरोना पुष्टि भएको थियो । उनी पूर्वमन्त्री भीम रावलको सुरक्षामा खटिँदै आएका थिए ।

यस्तै वीरगन्जका दुई पत्रकारमा पनि कोरोना पुष्टि भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप