नेको इन्स्योरेन्सका कर्मचारीद्वारा ३०० जनालाई १० दिनको लागि खाद्यान्न सहयोग

काठमाडौं– देशको निर्जीवन बिमा बजारमा उच्च गुणस्तरीय सेवा पु¥याउने उद्देश्यले २४ वर्ष अघि स्थापना भएको नेको इन्स्योरेन्स लिमिटेडले हाल नयाँ व्यवस्थापनका साथ ग्राहकहरुलाई छिटो छरितो बिमा सेवा प्रदान गर्दै बिमा प्रति आम जनसमुदायको सकारात्मक धारणा बनाउञदै विश्वास जित्ने प्रयत्न गरिरहेको छ ।
कम्पनीले आप्mनो ब्यवसायको साथ साथै समाज प्रतिको कर्तब्य सम्झिदै सामाजिक उत्तरदायित्वअन्तर्गत बेलाबखतमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । कम्पनी जस्तै यसका कर्मचारीहरु पनि ब्यक्तिगत रुपमा समाज सेवामा अग्रसर रहेका छन् ।
हाल कोभिड १९ को संक्रमणबाट सुरक्षित रहनको लागि नेपाल सरकारले गरेको लकडाउनको कारण का.म.पा. २९ का केही व्यक्तिहरुलाई विहान बेलुका हातमुख जोर्न समस्या परेको खवर का.म.पा. २९ का वडा अध्यक्षबाट आएकोले कम्पनीका सम्पूर्ण कर्मचारीहरुको तलबबाट रकम कटृा गरी बिजय मेमोरियल स्कूल डिल्ली बजारमा उपस्थित भएका करिब ३०० जनालाई १० दिनको लागि आवश्यक पर्ने खाद्यान्न (चामल, दाल, नुन, तेल) सहयोग प्रदान गरिएकोे कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतले एक महिनाको पारिश्रमिक बराबरको रकमबाट किर्तिपुरमा करिब ८०० विद्यार्थीहरुलाई १५ दिनको लागि आवश्यक पर्ने खाद्यान्न वितरण गर्नु भएको थियो । त्यसै गरी कम्पनीका उपत्यका भित्रका कर्मचारीहरुले सिफलमा करिब ५०० बालबालिका तथा मजदुरहरुलाई १० दिनको लागि आवश्यक खाद्यान्न वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
च्याम्पियन्स लिग सेमिफाइनल : रियल र बायर्नसम्मको बिचल्ली, चारभित्र सबै टोली फरक राष्ट्रका
-
जीवनराम श्रेष्ठको नेतृत्वलाई आइओसीले दियो मान्यता