शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनसेलले ल्यायो मोबाइल क्लास डेटा प्याक, त्रिभुवन विश्वविद्यालयसँग गर्यो सहकार्य

बुधबार, ३१ वैशाख २०७७, २० : ०३
बुधबार, ३१ वैशाख २०७७

काठमाडौं– विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोग (कोभिड १९) ले निम्त्याएको यस स्वास्थ्य संकटको अवस्थामा आफ्नो क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीहरुले अब अनलाइन सिकाइको माध्यमबाट फाइदा लिन सक्छन् ।

उच्च शिक्षाको लागि देशको सबैभन्दा पुरानो शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्र्थीहरुका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ । 

लकडाउन अर्थात बन्दाबन्दीले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखी एनसेलले १६ जीबी डेटा भोलुम रहेको यो प्याकआज  (बुधबार, वैशाख ३१) बाट संञ्चालनमा ल्याएको छ । विद्यार्थीले रु १५० (कर सहित रु १९१.५४) मा यो प्याक सुचारु गर्न सक्छन् । प्याक अन्तर्गतको डेटा भोलुमको समयसिमा ७ दिनको रहनेछ । 

मोबाइल क्लास प्याकअन्तर्गत विद्यार्थीहरुले  ४ जिबी अल टाइम डेटा (थ्रिजी, फोरजी) र २ जिबी भिडियो डेटाको फाइदा लिन सक्नेछन् । विद्यार्थीले यो ४ जीबीको अल टाइम डेटा प्याककुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जीबी भिडियो प्याकअन्तर्गत विद्यार्थीले युट्युब, आइफिल्क्स र अन्य गुगल सर्भिसहरु प्रयोग गर्न सक्नेछन् ।

यस प्याकको प्रमुख विषेशतामा माइक्रोसफ्ट टिम्स् प्रयोग गर्नका लागि १० जीबी डेटा रहेको छ । विद्यार्थीहरुले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइन शिक्षा लिन वा आफ्ना साथीहरुसँग समुहमा बसी अभ्ययन गर्न सक्छन् । 

विद्यार्थीहरुले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२०ह्यास डायल गरी वा अंग्रेजीको सानो अक्षरमा इडीयू टाइप गरी १७१२३ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्छन् । साथै एनसेल एपबाट पनि यो प्याक लिन सकिन्छ । 

नेपालको राष्ट्रिय विश्वद्यिालयसँगको सहकार्यमा विद्यार्थीहरुको अनलाइन अध्ययनका निमित्त यो विशेष डेटा प्याकमार्फत सहयोग गर्न पाएकोमा कम्पनी निकैनै हर्षित रहेको एनसेलले जनाएको छ । अनलाइन सिकाइका लागि विषेश रुपमा तयार पारिएको यो डेटा प्याकले विद्यार्थीहरुलाई आफ्ना शिक्षकहरु र कक्षाका साथीभाईसँग सम्पर्कमा रहदै उनीहरुको अनलाइनमार्फत हुने अध्ययनमा ठूलो योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ । 

यस सार्वजनिक स्वास्थ्य संकटको अवस्थामा, एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले ग्राहक माझ संचाार सेवाको पहुँच सुनिश्चित राख्न विभिन्न सेवा तथा अफरहरु ल्याएको छ । रिचार्जमा १२० प्रतिशत बोनस, पे एज यु गो इन्टरनेट सेवामा २५ प्रतिशत छुट, १५ जिबी स्टे होम डेटा प्याक, निःशुल्क ब्यालेन्स टा«न्सफर सेवा, सापटी रकमाथप, एसएमएस र डेटा प्रयोग गरी पछि शुल्क तिर्ने मिल्ने, विश्वका विभिन्न १५ देशको कल शुल्कमा छुट, डिजीटल सेवाहरुमा निःशुल्क पहुँच जस्ता अन्य थुप्रै सेवाहरु एनसेलले ग्राहकका लागि ल्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप