मलेसियामा ५५ नेपालीमा कोरोना संक्रमण, एनआरएनएद्वारा राहत वितरणलाई तिव्रता

काठमाडौं । मलेसियामा ५५ नेपाली कामदारमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
मलेसियाका विभिन्न भागमा वैदेशिक रोजगारीका क्रममा रहेका ५५ नेपालीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको गैरआवासी नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले रातोपाटीलाई जानकारी दिए । जसमध्ये हालसम्म ३ जना निको भएरका छन् ।
उनका अनुसार मलेसियन सरकारले कोरोना संक्रमित विदेशी नागरिकलाई आफ्नै देशको नागरिक सरह उपचार गर्दै आएको छ ।
कोरोनाको संत्रास फैलिएपछि एनआरएनए मलेसियाले दूतावाससँग सहकार्य गर्दै समस्यामा परेका नेपालीलाई राहत वितरण गर्दै आएको भट्टराईले जानकारी दिए ।
उनले खाद्यान्न अभाव झेलिरहेका तथा बिरामी भएका असक्त, अपाङ्ग भएका र कम्पनीले हेरचाह नगरेका नेपाली श्रमिकलाई समस्या परे एनआरएनए मलेसियालाई सम्पर्क गर्न अनुरोध गरे ।
यस्तै लकडाउनका कारण मलेसियामा अलपत्र परेका, भिसा सकिएर स्वदेश फर्किन नपाएका कामदारलाई चाँडो भन्दा चाँडो स्वदेश फर्काउन एनआरएनए मलेसियाको तर्फबाट पहल भइरहेको पनि उनले बताए ।
मलेसियाका विभिन्न स्थानहरुमा अहिलेसम्म १०० जना भन्दा बढी कामदारलाई एनआरएनएले खाद्यान्न सहयोग गरेको छ भने केही बिरामी कामदारलाई उपचारमा सहयोग पुर्याइएको भट्टराईले बताए ।
एनआरएनए मलेसियाले समस्यामा परेका कामदारको सहयोगको लागि विभिन्न क्षेत्रमा आफ्ना प्रतिनिधिहरू समेत खटाएको जनाएको छ।
मलेसियामा मलेसिया सरकारले गत मार्च १८ देखि आवागमन नियन्त्रण आदेश जारी गरेपछि नेपालीहरु पनि प्रभावित हुँदै आएका छन् ।
हाल मलेसियामा कूल ६ हजार ७७९ जनामा कोरोना पुष्टि भइसकेको छ भने १११ जनाको मृत्यु भएको छ ।
मलेसियामा समस्यामा परेका नेपाली कामदारले निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।
क्वालालम्पुर क्षेत्र
हरी भट्टराई
अध्यक्ष मलेसिया
वरिष्ठ उपाध्यक्ष : सुन्दर आले मगर
फोन नम्बर : 0103753413
महासचिब : हेमराज सापकोटा
फोन नम्बर : 01126313170
जोहोर क्षेत्र
उपाध्यक्ष : ज्ञानेन्द्र सिंह
फोन नम्बर: 0169009940
कोषाध्यक्ष : कृष्ण प्रसाद नेपाल
फोन नम्बर : 0143677067
युवा सयोजक : रबिलाल अधिकारी
फोन नम्बर: 01161763024
जोहोर शाखा को तर्फ बाट
“अध्यक्ष” मीन गुरुङ
फोन नम्बर : 0167811567
“सचीव”अर्जुन अनुरागी
फोन नम्बर : 01162191175
मुहार-बातुपात क्षेत्र
सचिब क : रन्जित कुमार क्षेत्रि
फोन नम्बर : 0143211603
इपो-ताइपिङ
सचिव ख : नेत्र केसि
फोन नम्बर : 0162930274
मलक्का क्षेत्र
महिला सयोजक : श्रद्दा देवान
फोन नम्बर : 0126198966
सदस्य :बिरेन्द्र कार्की
फोन नम्बर : 01127767235
सेरेम्बान निलाइ
केन्द्रिय सदस्य : केशब कान्त झा
फोन नम्बर : 014-3031692
गैर आवासीय नेपाली संघ(मलेसिया)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौँदेखि अपमान ! २०३८ सालदेखि पटक पटक सडकमा
-
शिक्षकका यी माग पूरा गर्न सकिन्छ, यी सकिँदैन भनेर प्रस्ट पार्न सक्नुपर्छ
-
अविनाश भट्टराईको ‘झ्यालको सौन्दर्यशास्त्र’ले जित्यो प्रथम पुरस्कार
-
‘आन्दोलन गरेर जे मागे पनि पूरा हुन्छ भन्ने मनसाय विकास भयो’
-
कस्तो छ यो साताको राशिफल ?
-
५२ वर्षपछि नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक