शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोको फाइभजी सञ्जालः सीपीई ओम्नी र फाइन्ड एक्स टू सिरिजको चर्चा

बुधबार, ३१ वैशाख २०७७, १७ : ३४
बुधबार, ३१ वैशाख २०७७

फाइभजी सञ्जालले कसरी काम गर्छ ?
हामी निकै प्रतिक्षारत फाइभजी युगमा प्रवेश गर्दै छौँ । यही क्रममा अब भविष्यमा आउने उपकरणहरु फाइभजीका लागि विशेष ध्यानमा राखि विकसित गरिने निश्चित प्राय छ ।

विभिन्न मोबाइल निर्माताहरु आफ्ना फाइभजी फोन सेवा योजनालाई ध्यानमा राखि नीतिगत रुपमै फोनका मोडलहरु निर्माण समेत गर्न थालिसकेका छन् । जसमा तीन प्रकारका रेडियो सिग्नलको प्रयोगमार्फत फाइभजी उत्पादनमा सेवा उपलब्ध गराइन्छ । फाइभजी फ्रिक्वेन्सी ब्याण्ड लो, मिड र हाई गरी तीन प्रकारका हुन्छन् । जसका आ–आफ्नै विशेषताहरु रहेका छन् ।

मोबाइल कन्ट्याक्ट योजनाका लागि क्यारियरको खोजीमा हुनेका लागि भने हरेक ब्याण्डका विशेषता तथा कमजोरीका बारेमा जान्नु आवश्यक छ । तीनै प्रकारका ब्याण्डको सम्मिश्रणमार्फत विस्तृत सेवा प्रदान गर्ने उद्देश्यका साथ मोबाइल क्यारियर्सले अहिले लो ब्याण्ड, मिड ब्याण्ड र हाई ब्याण्डको सम्मिश्रण उपलब्ध गराउँदै आइरहेका छन् । 

लो ब्याण्ड फाइभजीले कम गति क्षमताका साथ धेरै क्षेत्रफल ओगट्ने क्षमता राख्छन् । एउटा लो ब्याण्ड टावरले सयौँ स्क्यावर माइल्समा ३० देखि २५० एमबीपीएसको गति क्षमताका साथ सेवा प्रदान गर्न सक्छ । 

मिड ब्याण्ड फाइभजीले मध्यम कभरेजका साथमा लो ब्याण्ड फाइभजीका तुलनामा अझ तिब्र गति प्रदान गर्ने क्षमता राख्छ । मिड ब्याण्ड टावर्सले केही माइल भित्र १०० देखि ९०० एमबीपीएसको गतिमा सेवा प्रदान गर्न सक्छ ।

हाई ब्याण्ड फाइभजी १ देखि ३ जीबीपीएस सम्मको गति लिन सक्ने क्षमताका हुन्छन् । तर, हरेक हाई ब्याण्ड टावरले करिव १ माइलसम्म मात्र सेवा प्रदान गर्ने क्षमता राख्छन् ।

लो ब्याण्ड फाइभजीको प्रयोग विशेषगरी समग्र राष्ट्रमा सेवा प्रदान गर्ने उद्देश्यका साथ गरिन्छ । यसको सहायताले विकट स्थानमा समेत कम गतिका भए पनि फाइभजी लो ब्याण्ड नेटवर्क गति प्रदान गर्न सकिन्छ । स्वभाविक रुपमा यसको गति हाल विद्यमान औसत फोरजी नेटवर्कका तुलनमा तिब्र नै हुने बताइन्छ ।

मिड ब्याण्ड फाएभजी भने हाल प्रयोग हुँदै आइरहेको फोरजी झैँ देशभरका प्रमुख महानगरहरुमा प्रयोगका लागि उपयुक्त हुन्छ । जनघनत्व अत्यधिक रहेका स्थानका केही सेवा प्रदायकले भने राष्ट्रब्यापी रुपमै मिड ब्याण्ड फाइभजी उपलब्ध गराउने प्रयास गर्न सक्छन् । यसो भएमा देशब्यापी जनताले १०० देखि ९०० एमबीपीएसको गतिमा सेवा प्राप्त गर्न सक्नेछन् ।

हाई ब्याण्ड फाइभजीको प्रयोग भने विशेषगरी अत्यधिक जनघनत्व भएका सहरी क्षेत्रमा रहेका सम्मेलन केन्द्र तथा रंगशाला (स्टेडियम)हरुमा गर्न उपयुक्त हुन्छ । विभिन्न परिक्षणहरुमा उच्च ब्याण्ड गति ३ जीबीपीएससम्म पुगेका उदाहरणहरु रहेका छन् । यो भनेको औसत फोरजी कनेक्सनका तुलनमा करिव ८० गुना तिब्र हो । अझ भविष्यमा हुँदै जाने विकासले यो नम्बर अझ बढ्ने निश्चित छ । 

फाइभजीको असिमित अग्रगामी क्षमता र ओपो
ओपो फाइन्ड एक्सटू सिरिजको विकास अहिले तिब्र गतिमा विकसित हुँदै गरेको फाइभीलाई ध्यानमा राख्दै उपभोक्तालाई सटिक अनुभव प्रदान गर्ने सोचका साथ गरिएको छ । फाइन्ड एक्सटू र फाइन्ड एक्सटू प्रोमा फाइभजी सेवा समाहित गराइएसँगै फाइन्ड सिरिजले असिमित नयाँ सम्भावनाका लागि मार्ग प्रशस्त गरिदिएको छ । 

कम्पनीले भरखरै सार्वजनिक गरेको ओपो फाइभजी सीपीई ओम्निले फाइभजी सिग्नललाई वाइफाई सिक्स सिग्नलमा परिणत गर्नका लागि फाइभजी सिमकार्डको प्रयोग गर्छ । यसको माध्यमबाट हरेक किसिमका उपकरणमा स्थिर हाई स्पिड नेटवर्क प्रदान गर्न सकिन्छ । ओपो फाइभजी सीपीई ओम्नीमा फाइभजी सिग्नल प्राप्तिका लागि ८ ओटा ब्यूल्टइन एन्टेनाका साथमा ओ मोसन ३६० डिग्री फाइभजी एन्टेना पनि उपलब्ध गरिएको छ । फाइभजी कनेक्टिभिटीको नयाँ यूगमा घर तथा अफिस जहाँ पनि प्रयोगका लागि यो उपयुक्त छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप