केन्द्रीय संस्करण

जबरजस्ती करणीको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक पक्राउ

person explore access_timeबैशाख ३१, २०७७ chat_bubble_outline0

जनकपुर । बलात्कारको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका एक चिकित्सक पक्राउ परेका छन् । झापाकी एक २८ वर्षीया महिलालाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका ती डाक्टर पक्राउ परेका हुन् ।

झापाकी एक २८ वर्षीया महिलाले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरीको आधारमा प्रादेशिक अस्पताल जनकपुरका फिजियो थेरापिस्ट ३५ वर्षीय डा. राजेश मण्डललाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

झापा घर भई जनकपुर बस्दै आएकी महिलाले आफुलाई पटक–पटक जवरजस्ती करणी गरेको प्रहरीमा उजुरी दिएपछि डा. मण्डललाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

पीडित महिलाले गएको बैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएकी थिइन् । सोहि दिन डाक्टर मण्डललाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जनाए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.