शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनका कारण विदेशबाट पैसा पठाउन समस्या भयो ? वर्ल्ड रेमिट र अर्विट रेमिटको वेभसाइट र एपमार्फत सजिलै यसरी पठाउन सकिन्छ

बुधबार, ३१ वैशाख २०७७, १३ : ५६
बुधबार, ३१ वैशाख २०७७

काठमाडौं– विश्वका कतिपय सहरहरु अहिले लकडाउको अवस्थामा छन् । यस्तो अवस्थामा विभिन्न देशहरुमा रहेका नेपालीहरुले आफ्नो घरमा रकम पठाउन समस्या भएको अवस्थालाई मध्यनजर गर्दै एनआइसी एशिया बैंकले लकडाउनको समयमा पनि घरमै बसेर नेपालमा रकम पठाउन सकिने व्यवस्था गरेको छ । 

जसअनुसार विश्वका विभिन्न ४२ वटा देशहरुमा रहेका नेपालीहरुले वर्ल्ड रेमिटको वेभसाइट र एपमार्फत  र अष्ट्रेलिया, न्यूजल्याण्ड र यूकेसहित तीनवटा देशहरुमा रहेका नेपालीहरुले अर्विट रेमिटको वेभसाइट र एपको माध्यमबाट एनआइसी एशिया रेमिटमार्फत  नेपालका जुनसुकै बैंक खातामा रेमिट्यान्स पठाउन सक्नेछन् । 

विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट कैयौँ सहरहरू लकडाउनको अवस्थामा छन् र यस्तो अवस्थामा एनआइसी एशिया बैंकले वर्ल्ड रेमिट र अर्विट रेमिटसँग सहकार्य गर्दै घरमै बसी स्वदेशमा रहेका परिवार तथा आफन्तजनलाई रकम पठाउन मिल्ने व्यवस्था गरेको हो । यसले गर्दा विदेशमा रहेका नेपाली नागरिकहरूलाई लकडाउनको समयमा पनि आफ्ना परिवारजन तथा आफन्तहरूलाई रकम पठाउन सहज हुने बैंकले विश्वास लिएको छ । 

बैंकका अनुसार यसबाट ग्राहकहरूले लकडाउनको समयमा घरबाट बाहिर नगई आफ्ना प्रियजनले पठाएको रेमिट्यान्स सुरक्षित गर्न सक्नेछन् भने यसले विदेशमा रहेका नेपालीहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै आफ्ना परिवारजन तथा आफन्तहरूलाई तुरून्त रकम पठाउन सक्छन् । 

एनआइसी एशिया बैंकको खाता तथा नेपालका अन्य जुनसुकै बैंक खातामा पैसा जम्मा गर्नको लागि सबैभन्दा पहिले वर्ल्ड रेमिट वा अर्विट रेमिटको आधिकारिक वेबसाईट वा गुगल प्ले तथा एप स्टोरबाट वर्ल्ड रेमिट वा अर्विट रेमिटको एप डाउनलोड गरी रजिष्ट्रेसन गर्नुपर्छ । 

वर्ल्ड रेमिटबाट रकम पठाउन

१. https://www.worldremit.com/en/Nepal मा लगइन गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिन्छ । 
२. https://youtu.be/-l37jdXu4yI मार्फत ग्राहकवर्गले वर्ल्ड रेमिटबाट रकम पठाउने आवश्यक जानकारी समेत लिन सकिन्छ ।
३. यसको साथै https://www.worldremit.com/en/stories/story/2020/04/01/sending-receiving-money-covid-19मार्फत थप जानकारी लिन सकिन्छ । 
४. वर्ल्ड रेमिटबाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ३ वटा ट्रान्सफर निःशुल्क पठाउन सकिन्छ भने त्यसको लागि ३फ्री प्रोमो कोड प्रयोग गनुपर्नेछ । 

५. वर्ल्ड रेमिटबाट ग्राहकहरूले अष्ट्रेलिया, अमेरिका, अष्ट्रिया, बेलायत, बेल्जियम, बुल्गेरिया, क्यानडा, क्रोसिया, साइप्रस, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, जिब्रोल्टर, ग्रीस, हङकङ, हंगेरी, आइसल्याण्ड, आयरल्याण्ड, इटली, जापान, ल्याटभिया, लिथुवेनिया, लक्जेम्बर्ग, माल्टा, नेदरल्याण्ड, न्यूजिल्यान्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, रोमानिया, रुवान्डा, स्लोभाकीया, सोल्भेनिया, सोमालील्याण्ड, साउथ अफ्रिका, स्पेन, स्वीडेन, सिङ्गापुर र स्विजरल्याण्ड देशहरूबाट घरमै बसी रकम पठाउन सकिन्छ । 

अर्विट रेमिटबाट रकम पठाउन 

१. https://www.orbitremit.com/nepal मा लगइन गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिन्छ । 
२. रकम पठाउदा कुनै समस्या भएमा अर्विट रेमिटको रकम पठाउने वेबसाइटमा रहेको च्याट सुविधा मार्फत पनि आवश्यक जानकारी लिन सकिन्छ । 
३. अर्विट रेमिटबाट रकम पठाउदा नयाँ ग्राहक महानुभावहरूले पहिलो ट्रान्सफर निशुल्क रुपमा पठाउन सक्छन् । निशुल्क रकम पठाउनको लागि पठाउदा फ्री२एनपीआर प्रोमो कोड प्रयोग गनुपर्ने हुन्छ । 
४. अर्विट रेमिटबाट ग्राहकहरूले बेलायत, अष्ट्रेलिया र न्यूजिल्यान्डसहित ३ वटा देशहरूबाट घरमै बसी रकम पठाउन सकिन्छ ।

लकडाउनको बेला बैंकमा खाता नभएर चिन्ता लिनुभएको छ भने एनआईसी बैंकले अनलाइनबाट खाता खोल्ने सुविधा पनि दिएको छ । जसअनुसार १० मिनेटमै बैंकको वेबसाइट वा मोबाइल बैकिङ्ग एपबाट तुरुन्त आफ्नो बचत खाता खोलेर ग्राहकहरूले विदेशबाट आउने रेमिट्यान्स आफ्नो खातामा जम्मा गर्न सकिन्छ । त्यसपछि मोबाइल बैकिङ्ग सुचारु समेत अनलाइनबाट गरेर रेमिट्यान्स जम्मा भएकोबारे पनि सजिलै जानकारी लिन सकिन्छ । 

यस प्रकारको योजनाले अनावश्यक भीडभाड तथा नगद कारोबारबाट ग्राहकहरूलाई टाढै राखि कोरोना भाइरस संक्रमण रोकथाम गर्न मद्दत पुग्ने देखिन्छ भने ंसरकारको डिजिटल नेपालको लक्ष्यलाई पनि टेवा पुग्ने बैंकले विश्वास लिएको छ । 

यस विपतको घडिमा बैंकले आफ्ना ग्राहकहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’हरू स्थापना गरी २४सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहकहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरू पूरा गर्न प्रोत्साहन गरिरहेको छ । 

हालसम्म बैंकले आंशिक शाखाहरूमार्फत दैनिक निश्चित समयको लागि सेवा सुचारु गरेको छ भने ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहकहरूले निःशुल्क रुपमा घरबाटै गर्न सक्ने व्यवस्था समेत बैंकले गरिसकेको छ । 

उक्त सेवाहरूका साथै ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

यस विषम परिस्थितिमा आफ्ना ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप