शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ऋषि कपुरको १३ औं दिनमा आयोजित प्रार्थना सभामा रणबीरसँग पुगिन् आलिया भट्ट, श्वेता बच्चन पनि देखिइन्

बुधबार, ३१ वैशाख २०७७, १३ : ३९
बुधबार, ३१ वैशाख २०७७

ऋषि कपुरको १३ औं दिनमा मुम्बईमा उनको घरमा एक प्रार्थना सभा राखियो । प्रार्थना सभाका केही तस्बिर उनकी छोरी रिद्धिमा कपूर साहनीले इन्स्टाग्राममा सेयर गरेकी छिन् । एक तस्बिरमा ऋषिको फोटोमा माला लगाइएको देख्न सकिन्छ जुन सेयर गर्दै रिद्धिमाले लेखिन्, ‘तपाईंलाई सधैं प्रेम गर्नेछु पापा...’ अन्य तस्बिरमा रिद्धिमा र रणबीर पूजा गरिरहेको देख्न सकिन्छ । यसलाई रिद्धिमाले क्याप्सन दिएकी छिन्, ‘तपाईंको विरासत सधैं कायम रहनेछ । तपाईंलाई धेरै माया ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Love you always Papa ...

A post shared by Riddhima Kapoor Sahni (RKS) (@riddhimakapoorsahniofficial) on

१३ औं दिनमा पुगे परिवारका सदस्यः

करिश्मा कपुर, श्वेता बच्चन नन्दा र उनकी छोरी नव्या नवेली नन्दा, रणधीर कपुर र उनकी श्रीमती बबिता कपुर, अरमान जैन र उनकी श्रीमती अनिषा मल्होत्रा, रिमा जैन र उनका छोरा आदर जैनबाहेक रणबीर कपुर र आलिया भट्ट पनि १३ औं दिनमा ऋषि कपूरलाई श्रद्धाञ्जली दिन पुगे । रणबीरबाहेक  सबैले मास्क लगाएका थिए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Your legacy will live on forever ... We love you 🙏🏻❤️

A post shared by Riddhima Kapoor Sahni (RKS) (@riddhimakapoorsahniofficial) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप