आरोग्य फाउन्डेसमा कार्यरत युवतीको कन्ट्याक्ट ट्रेसिङ : सुनसरीबाट मोटरसाइकलमा सँगै आएका युवकको खोजी गरिदै

काठमाडौँ । ललितपुरको आयोग्य फाउन्डेसनमा कार्यरत कोरोना संक्रमित युवती केही दिनअघि मात्रै सुनसरीबाट आएको पाइएको छ । उनी सुनसरीबाट भक्तपुर आइ ठिमीस्थित आफ्नो नर्स साथीको कोठामा केही दिन बसेकी थिइन् ।
संक्रमित युवती आरोग्य फाउन्डेसनमा एकाउन्टेन्टको रुपमा कार्यरत रहेको ललितपुर प्रहरीले पुष्टि गरेको छ । (यसअघि, ती युवती नर्स भएको भनिएपनि त्यसलाई सच्याइएको छ ।) ‘आरोग्य प्रतिष्ठान स्वास्थ्यसम्बन्धी काम गर्ने संस्था भएपनि उहाँ त्यो अस्पतालमा एकाउन्टेन्ट रहेको खुलेको छ’, प्रहरी स्रोतले भने, ‘उहाँमा कोरोना पुष्टि भएसँगै आरोग्यसहित नजिकैको निदान अस्पतालसमेत सिल गरिएको छ ।’
स्रोतका अनुसार ती युवतीलाई कोरोना संक्रमणको पुष्टि भएपछि एम्बुलेन्समा राखेर मंगलबार साँझ टेकु लगिएको थियो भने एम्बुलेन्समा चालक र युवतीसहित एक युवकसमेत सँगै गएका थिए । चालकले पीपीई लगाएको भएपनि युवकले पीपीई नलगाएको र अस्पताल परिसरमा जथाभावी हिँडेको पाइएपछि दुवै संस्था सिल गरेर सम्पर्कमा आएकाहरुको पीसीआर गर्ने तयारी भएको छ ।
सुनसरीबाट आएकी थिइन् मोटरसाइकलमा
२५ वर्षीया कोरोना संक्रमित ती युवती पास बनाएर सुनसरीबाट मोटरसाइकलमा यही वैशाख २९ गते भक्तपुर आएकी थिइन् ।
ठीमीस्थित शंखधर चोकमा बस्दै आएकी नर्स साथीको कोठामा गएर उनी बसेकी थिइन् । सुनसरी, रामधुनी नगरपालिका झुम्का स्थायी घर भई भक्तपुरको सल्लाघारीमा बस्दै आएकी उनी सुनसरीबाट फर्किएपछि भने आफ्नो कोठामा नगएर साथीको कोठामा बसेकी हुन् । उनी झुम्कामा तीन दिन बसेको तर त्यहाँ कहाँ कसलाई भेट्न आएको हो भन्नेबारेमा खोजी भइरहेको बताइएको छ ।
महिला सुनसरीबाट आउँदा नै संक्रमित भएर आएको हुनसक्ने अनुमान गरिएको छ । मोटरसाइकलको पास बनाएर आएकी सङ्क्रमित महिलासंँग आउने पुरुष सुनसरी नै फर्किसकेका छन् । उनीहरु बाटोमा कहाँ कोकोसँग सम्पर्कमा आए तथा मोटरसाइकल चालक को थिए भन्नेबारेमा खोजी भइरहेको बताइएको छ ।
उनी काममा फर्किएपछि कोरोना परीक्षणका लागि पठाइएको थियो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गएर पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमित पाइएपछि मङ्गलबारदेखि टेकु अस्पतालको आइसोलोशनमा भर्ना गराइ उपचार शुरु भइसकेको छ ।
उनी बसेको घरका मानिस र सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी परीक्षण शुरु गरिएको छ ।
संक्रमित महिलासंँगै बसेकी नर्स भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत रहेको खुलेको छ । उक्त अस्पतालमा आकस्मिक कक्षमा कार्यरत नर्सलाई आजै भक्तपु्रर अस्पतालमा स्वाब संकलन गरी टेकु पठाइएको छ । उनलाई भक्तपुर अस्पतालकै आइसोलेशन वार्डमा राखिएको छ ।
मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्स यही वैशाख २६ गतेदेखि काममा नभएको समेत बताइएको छ । आज बिहान ११ः३० बजेसम्म मानव अंग प्रत्यारोपण केन्द्रमा राति काममा रहेका नर्सलाई अस्पताल बाहिर जान नदिएको र उनीहरुको कोरोना परीक्षण गर्ने या नगर्ने भन्ने बारेमा अन्योल भइरहेको अस्पताल प्रशासन शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछ : वर्षमान पुन
-
गुणाकर भट्ट गभर्नर हुन अयोग्य रहेको दाबीसहित सर्वोच्चमा पूरक निवेदन
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रकै कारण स्थगित भयाे : मुख्यमन्त्री कँडेल
-
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
-
तीन महिनाको अवधिमा विपद्जन्य घटनाबाट ४१ जनाको मृत्यु, करोडौँको क्षति
-
भारतबाट पोखरा जाँदै गरेको बस दुर्घटना, २१ जना घाइते