बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अपराधको सूचना दिनेलाई गोप्य राख्न प्रहरीले हटायो कलर आइडी

मङ्गलबार, ३० वैशाख २०७७, १७ : २५
मङ्गलबार, ३० वैशाख २०७७

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अपराधको सूचना दिनेलाई गोप्य राख्न कार्यालयको एउटा टेलिफोन नम्बरको कलर आइडी हटाएको छ । कार्यालयले ०५६–५२०१५५ नम्बरको टेलिफोनको कलरआइडी नेपाल टेलिकममा पत्राचार गरी हटाएको हो । 

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्का अनुसार परिचय गोप्य राख्न चाहेर आपराधिक गतिविधिका सूचना दिनेलाई सहजहोस् भन्ने उद्देश्यले टेलिफोनको कलरआइडी हटाइएको हो । उनले भने, ‘सूचना दिन चाहने तर आफ्नो परिचय गोप्य राख्न खोज्नेलाई यसले सजिलो बनाउँछ ।’ घरेलु हिंसा, यौन दुव्र्यवहार, लागुऔषध दुव्र्यसनीसँगै विभिन्नखालका ठूला र साना आपराधिक घटनाका सूचना प्रहरीलाई आउन यसले सजिलो बनाएको गुरुङको बुझाइ छ । 

कलरआइडीमा टेलिफोन नम्बर जाँदा सूचना दिनेले असुरक्षित महसुस गर्ने र हुने गरेको पाइएको छ । चितवन जिल्ला देशको मध्यभाग भएकाले अन्यत्र आपराधिक गतिविधि गरेर लुक्न यहाँ आउने गरेका पाइन्छन् । कार्यालयले प्रहरीको यस नम्बरलाई जनमानसमा पु¥याएर सर्वसाधारणबाट बढी सूचना लिने अपेक्षा गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप