बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एक नेपाली मृत फेला

मङ्गलबार, ३० वैशाख २०७७, १७ : २१
मङ्गलबार, ३० वैशाख २०७७

लण्डन । बेलायतको प्लमस्टिडबाट आइतबार दिउँसोदेखि हराइरहेकी ६६ वर्षीय धनमाया थापा मृत अवस्थामा फेला परेकी छन् । 

स्थानीय प्लमस्टिड कमन पार्कमा घरफिरका लागि गएकी धनमायाको शव सोमबार राति सोही पार्कको झाडीमा भेटिएको थियो ।

 मृत भेटिएकी धनमायाको शव फेला परेपछि प्रहरीले सोमबार राति उनको घरमै आएर जानकारी दिएको भएपनि मृत्युको कारण भने थाहा हुन सकेको छैन  । 

१५/ २० मिनेटमा फर्किन्छु भनेर आइतबार दिउँसो निस्केकी धनमाया घन्टौंसम्म घरमा नफर्केपछि परिवारद्वारा सोधीखोजी गरिएको थियो । परिवारका सदस्य लगायत आफन्तहरु मिलेर पार्क वरपर खोजी गर्दा पनि नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । 

उनको शवलाई मेट्रो पोलिटन पुलिसको ‘सर्च एण्ड रेस्क्यू युनिट’ ले फेला पारेको थियो । विगत ९ वर्षदेखि लन्डनको प्लमस्टिडमा बस्दै आएकी स्व.धनमाया श्रीमान र छोराबुहारीसंग बस्दै आएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप