शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रुसको अस्पतालमा आगलागी, आइसीयूमा रहेका ५ कोरोनासंक्रमितको मृत्यु

मङ्गलबार, ३० वैशाख २०७७, १३ : ५१
मङ्गलबार, ३० वैशाख २०७७

एजेन्सी । रुसको सेन्ट पिटर्सबर्ग अस्पतालमा भएको आगलागीमा आइसीयूमा उपचाररत ५ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । रुसका समाचार एजेन्सीका अनुसार भेन्टिलेटरमा सर्टसर्किट भएर आगलागी सुरु भएको थियो ।

अहिले आगलागीमाथि नियन्त्रण कायम गरिएको छ भने अस्पतालबाट १५० जनाको उद्धार गरिएको छ । घटनामा कति जना घाइते छन् भन्ने खुलाइएको छैन ।

मृत्यु भएका सबै बिरामी भेन्टिलेटरमा रहेको बताइएको छ ।

‘सबै भेन्टिलेटर आफ्नो पूर्ण क्षमतामा काम गरिरहेका छन् । सुरुवाती संकेत अनुसार त्यसमध्ये एक ओभरलोड भयो र आगलागी सुरु भयो,’ सेन्ट पिटर्सबर्गका आपत्कालिन विभागका एक स्रोतले इन्टरफ्याक्स न्युज एजेन्सीलाई जानकारी दिएका छन् ।

सेन्ट पिटर्सबर्गमा ४९ लाख जनसंख्या रहेको छ । त्यहाँ कोभिड–१९ बिरामीका लागि ५ हजार ४८३ शैय्या रहेको छ । शहरमा हालसम्म ७ हजार ७०० संक्रमित फेला परेका छन् जसमध्ये ५६ जनाको मृत्यु भएको छ ।

रुसमा विश्वकै तेस्रो धेरै संक्रमित रहेको छ । सोमबार ११ हजार ६५६ जना संक्रमित फेला परेपछि त्यहाँ २ लाख २१ हजार ३४४ संक्रमित पुगेका छन् । रुसले इटाली र बेलायतलाई पनि उछिनेको छ ।

स्रोत : बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप