पुनम पाण्डेले पक्राउ परेको खबर गरिन् खण्डनः भिडियोमा भनिन्, ‘म घरमा फिल्म हेरिरहेकी थिएँ’
मङ्गलबार, ३० वैशाख २०७७, १३ : ०४

मोडल पुनम पाण्डेले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै त्यो खबर खण्डन गरेकी छिन् जसमा उनले लकडाउनको नियम उल्लंघन गरेकोमा मुम्बई पुलिसले पक्राउ गरेको बताइएको थियो । पुनमले सोमबार यसबारे भिडियो बनाएर जानकारी दिइन् । आफू घरमा नै भएको र ठिक रहेको पनि बताइन् ।
यो पनिः
यसअघि मोडल तथा नायिका पुनम सिंह उनका एक साथी सेफ अहमदसँग मरिन ड्राइभमा लग्जरी कारमा घुमिरहेका कारण पक्राउ परेको भन्ने खबर भारतीय मिडियाले प्रकाशित गरेका थिए ।
पुनम सन् २०११ को विश्वकपका बेला अत्यधिक चर्चामा आएकी थिइन् जब उनले टिम इन्डियाले जितेको खण्डमा नग्न हुने घोषणा गरेकी थिइन् । उनले सन् २०१३ मा बलिउड फिल्म नशाबाट डेब्यू गरेकी थिइन् जसमा उनी एक शिक्षकको भूमिकामा थिइन् । पुनम आजकाल आफ्नो मोबाइल एपमा व्यस्त छिन् जसमा उनी आफ्ना फोटो र भिडियो सेयर गरिरहन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउँदै, कस्तो होला महाप्रसादको अन्तिम नीतिगत निर्णय ?
-
ट्रम्पले चार भारतीय कम्पनीमाथि लगाए प्रतिबन्ध
-
चरनका लागि राखिएका मौरी
-
७ महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात
-
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना : सात दशकपछि होला त ‘ब्रेक थ्रु’ ?
-
पञ्चेश्वर आयोजना तत्काल अघि बढ्ने सम्भावना कम छ