शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

खुुकुरी प्रहारबाट २ युवक  घाइते

मङ्गलबार, ३० वैशाख २०७७, १२ : ५६
मङ्गलबार, ३० वैशाख २०७७

दाङ । दाङमा खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन् । सोमबार राति पौने ९ बजेतिर खुकुरी प्रहारबाट तुलसीपुर उपमहागनरपालिका वडा नं ६ गोलौरा निवासी २९ वर्षीय टीकाराम बस्नेत र  २८ वर्षीय प्रकाश नेपाली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिए ।

तुलसीपुर –१२ एयरपोर्ट निवासी १९ वर्षीय सुरेश डाँगीले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका दुवैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि  कोहलपुर सिफारिश गरिएको छ । बस्नेतका अनुहार र नेपालीका टाउकामा चोट लागेको छ । अभियुक्त डाँगीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप