नेपाली भूमिको रक्षार्थ एनआरएनको ऐक्यबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघले सीमा विवाद कूटनीतिक र राजनीतिक संवादमार्फत टुंग्याउनाको सट्टा सुगौली सन्धिलगायत दस्तावेजमा उल्लिखित नेपाली भूमिको अतिक्रमण गरी सडक निर्माण गर्ने भारतको पछिल्लो कदमप्रति रोष प्रकट गरेको छ ।
एनआरएनका अध्यक्ष कुमार पन्तले सोमबार विज्ञप्ति जारी गरी हरेक नेपाली आफ्नो भूमिको रक्षार्थ ढाल भनेर उभिने र त्यसका लागि विश्वभर छरिएर रहेका नेपालीले ऐक्यबद्धता जनाउने स्पष्ट पारेका छन् । ‘नेपाली हामी सदैव सावैभौमिकताको सम्मान गर्दछौँ र हाम्रा छिमेकी मुलुकले समेत सोही सम्मानको भाव प्रकट गरोस् भन्ने अपेक्षा राख्दछौँ, यसर्थ सीमासम्बन्धी यस विषयलाई राजनीतिक र कूटनीतिक संवादको माध्यमबाट तत्काल टुंगोमा पु¥याउन ठोस कदम चाल्न सम्बन्धित सरकारको ध्यानाकर्षण गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।
देशको भौगोलिक अखण्डताजस्तो गम्भीर विषयमा नेपाल सरकार र नेपाली दाजुभाइ एवं दिदीबहिनीले चाल्ने हरेक सकारात्मक कदममा गैरआवासीय नेपालीले ऐक्यबद्धता व्यक्त गर्ने दृढता उनले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना