सरोगेसीअघि थुप्रै पटक गर्भवती भएकी थिइन् शिल्पा, हरेक पटक भयो गर्भपतन
सरोगेसीमार्फत् छोरी समिषा जन्माएकी बलिउड नायिका शिल्पा शेट्टीले थुप्रै पटकको गर्भपतन, चार वर्षको प्रतिक्षा र तीन पटकको प्रयासपछि छोरीलाई आशिर्वादको रुपमा पाएको बताएकी छिन् । आफूहरुले बच्चा अडप्ट गर्नसमेत खोजेको उनले बताइन् । यद्यपि, क्रिस्चियन मिसनरिज नामको जुन संस्थामा उनीहरुले यसका लागि नाम लेखाएका थिए, त्यो बन्द भएको उनले जानकारी दिइन् ।
पिंकभिल्लासँगको कुराकानीमा शिल्पाले भनिन्, ‘भियान, जन्मिएपछि मैले अर्को बच्चा जन्माउन धेरै समयसम्म प्रयास गरेँ । तर म एपीएलए नामको अटो इम्युन डिजिजबाट ग्रसित भएकोले यसले प्रत्येक पल्ट मेरो गर्भपतन गरायो । यसैकारण सरोगेसी गर्नुपरेको हो । म भियानलाई एक्लो सन्तानको रुपमा हुर्किएको हेर्न चाहन्नँ किनभने म पनि दुई सन्तानबीच नै हुर्किएको हुँ तसर्थ ‘सिबलिङ’ को महत्व कति छ भनेर राम्रोसँग थाहा छ । ’
‘मैले लगभग चार वर्ष प्रतिक्षा गरेँ । निकै इरिटेट भइसकेकी थिएँ तसर्थ सरोगेसी रुट छानेँ । तीन पटकको प्रयासपछि समिषा पायौं । मैले एक समयमा त अर्को सन्तानको आशा नै त्यागिसकेकी थिएँ,’ उनले भनिन् ।
उनले सन्तान जन्माइसकेपछि बढेको तौलका कारण विभिन्न टिका–टिप्पणी सुन्नुपरेको पनि बताइन् । यसबारे उनले भनिन्, ‘गर्भावस्थामा म ३२ किलो बढेँ । साँच्चै भन्नुपर्दा, १५ किलो जति बढ्छु होला भनेर सोचेकी थिएँ तर ठ्याक्कै डबल भयो । भियान जन्मिसकेपछि म थप दुई किलो बढेँ जुन निकै अचम्मको थियो । त्यो कसरी भयो मलाई थाहा छैन । त्यतिबेलाको मलाई एउटा घटना याद छ, जब म राजसँग डिनरको लागि गएँ तब समूहमा बसिरहेका महिलाले मलाई हेर्दे भने, ‘ओइ, त्यो शिल्पा शेट्टी होइन ? हेर त अहिलेसम्म पनि मोटी छिन् ।’ त्यो टिप्पणी मेरा लागि निकै निर्मम थियो ।’
१३ वर्षको अन्तरालपछि शिल्पा सिल्भर स्क्रिनमा ‘निकम्मा’ र ‘हंगामा टु’ मार्फत् फिर्ता हुँदैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु