आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघले पोखरामा जलायो ओली र मोदीको पुत्ला

सोमबार, २९ वैशाख २०७७, २० : ०८
सोमबार, २९ वैशाख २०७७

पोखरा । काँग्रेस निकट (नेविसंघ)ले पोखरामा अतिक्रमणको चपेटामा परेको नेपाली भुमी फिर्ता पाउनु पर्ने माग राख्दै पोखरामा प्रधानमन्त्री केपी शर्मा ओली, उनका समकक्षी नरेन्द्रमोदी सहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुत्ला जलाएको छ । 

भारतीय अतिक्रमणको चपेटामा परेको लिपुलेक, कालापानी र लिम्पियाधुरा तत्काल फिर्ता ल्याउनु पर्ने माग राख्दै नेविसंघले पुत्ला जलाएको हो ।  

बेलुकी ७ बजे नेविसंघ नेता, कार्यकर्ता भेला भएर पुत्ला जलाएका हुन् ।

पोखरा २७ तालचोकमा नेविसंघले पुत्ला जलाएको नेविसंघका पूर्व कास्की जिल्ला सह—सचिव राजिव भण्डारीले जानकारी दिए । 

पुत्ला जलाउँदै नेवि संघले भारतीय अतिक्रमणमा परेको भुमी तत्काल फिर्ता ल्याउनु पर्ने माग राख्दै चर्को नाराबाजी पनि गरेका थिए । 

भारतले नक्कली नक्सा बनाएर नेपाली भूमी हुँदै तिब्बतको मानसरोबर जोड्ने बाटो बनाएपछि देशका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप