शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गायक हिमाल सागर अमेरिकामा अलपत्र, नेपाल सरकारसँग गरे यस्तो अनुरोध

सोमबार, २९ वैशाख २०७७, १९ : २५
सोमबार, २९ वैशाख २०७७

लन्डन । सांगितिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक हिमाल सागर कोरोनाभाइरस (कोभिड १९ ) को महामारीका कारण विगत ७० दिनदेखि अमेरिकामै अलपत्र परेका छन् ।  

लगभग २० दिनका लागि समय छुट्टयाएर  पाँचौं पटक अमेरिका पुगेका गायक हिमाल सागर कहिले नेपाल फर्किन पाउने हुन् अझै निश्चित छैन । 

उनी भन्छन् ‘ कैदीको जस्तो जीवन भएको छ, न सथीभाइहरुसँग भेटघाट तथा  रमाइलो नै गर्न पाइन्छ, न घुमफिर तथा सपिङ गर्न जान पाइन्छ, सबैतिर बन्दाबन्दी छ, कतिन्जेल यो अवस्था रहने हो थाहा छैन ।‘ 
 आफ्नै वरिपरी नेपाली दाजुभाइहरुको निधन  हुँदा र दैनिक हजारौंको संख्यामा मानिसहरुको मृत्युको खबरले गर्दा आफ्नै ज्यान समेत खतरामुक्त नभएको उनी बताउँछन् । आफ्नो तर्फबाट आवश्यक सतर्कता अपनाउनुका साथै लकडाउनको नियम पालना गरेको र आत्मबल भने कम नभएको उनले बताए ।

 यतिबेला  अमेरिका आएको बस्न आफूलाई समस्या भएको उनले बताए । 

अमेरिका पुगेपछि मुश्किलले एउटा मात्र कार्यक्रम सम्पन्न भएपनि कोरोनको संक्रमण र मानिसमा त्रास बढ्दै गएकाले दर्शकहरुको खासै उपस्थिति रहेन । भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, सनफ्रान्सिस्को लगायतका विभिन्न स्थानहरुमा उनका आधा दर्जन जति कार्यक्रमहरु तय भएका थिए, जुन कोरोनाका कारण सबै क्यान्सिल भएका छन् ।

 हाल उनी भर्जिनियाको वीन्चेश्टरमा बस्दै आएका छन् । यस्तो विषम परिस्थितिमा अमेरिकाबाट उनले नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहेका छन् । 

विश्व नै आक्रान्त बनेको यस परिस्थितिमा आफू पनि अछुतो नरहेको बताउँदै उनले आफू जस्ता  अरु थुप्रै नेपाली पनि समस्यामा रहेकाे खबर पाएकाे उनले बताएका छन् ।

यस विषम परिस्थितिमा चाँडो भन्दा चाँडो सुलभ तरिकाले विदेशमा रहेर आपतमा परेका नेपालीहरुलाई स्वदेश फर्किने वातावरण मिलाउन उनले नेपाल सरकारलाई उनले अनुरोध गरेका छन् ।

 यसरी स्वदेश फर्केपछि कोरोनाको संक्रमणलाई नियन्त्रण गर्नको लागि आवश्यक पर्ने आइसोलेसन, क्वारेन्टाइन जस्ता नियम सबैलाई लागू गरियोस् र आफूले पनि सोको पालना गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे। 
भारत लगायत अन्य थुप्रै मुलुकहरुले आफ्ना नागरिकहरुलाई आफ्नो देशमा फिर्ता लैजाने वातावरण मिलाइसकेकोले यसतर्फ ध्यान दिन गायक हिमाल सागरले नेपाल सरकारसँग आग्रह गरेका छन्  । 

उनले भने-भिजिट भिसामा गएकाहरु पनि कोरोनाका संक्रमणका कारण यतै रोकिन बाध्य भएका छन् त कतिपयको कोरोनाको संक्रमणबाट निधन समेत भएको दुखद घटना छ । 

झन्डै दुई दशक लामो सांगीतिक यात्रा पार गरिसकेका गायक हिमाल सागर नेपाली सांगीतिक क्षेत्रका एक लोकप्रिय कलाकारको रुपमा रहँदै आएका छन् । वि. सं. २०६० सालमा ‘न मैले लेंखे न उनले लेखिन् ’ बोलको गीति एल्बमबाट सांगीतिक धरातलमा उत्रिएका गायक हिमाल सागरको पछिल्लो ‘ कल्लाई थाहा छैन’ बोलको स्मीता दाहालसंगको गीत निकै लोकप्रिय रहेका छन् । 

त्यसो त उनले लगभग चार सय जति विभिन्न खालका गीत गाइसकेका छन् । कोभिड १९ को नेपाली कलाकारहरुलाई पनि नराम्रो असर पारेको गायक हिमाल सागरले बताए ।  

गायक हिमाल सागरको भिडियो सन्देश -

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप