बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इरानले गल्तीपूर्वक आफ्नै जहाजमा मिसाइल दाग्यो, १९ को मृत्यु

सोमबार, २९ वैशाख २०७७, १४ : २०
सोमबार, २९ वैशाख २०७७

ओमानको खाडीमा सैन्य अभ्यासको क्रममा एक मिसाइल आफ्नै नौसेनाको जहाजमा खस्दा  १९ जलसैनिकको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।

यो सैन्य अभ्यासमा इरानी नौसेनाका दुई जहाज समावेश थिए ।

इरानको सरकारी मिडिया रिपोर्टका अनुसार एक नयाँ एन्टी शिप मिसाइलको परीक्षणको क्रममा आइतबार उक्त दुर्घटना भएको हो ।

ओमानको खाडीमा चलिरहेको यो परीक्षणको क्रममा उक्त मिसाइल सैन्य उपकरण लैजाने कोणार्क नामको जहाजको लाइट सपोर्टसँग ठोक्किएको हो ।

यो सैन्य अभ्यास हार्मूज स्ट्रेट नजिकै भइरहेको थियो । मिसाइल युद्धपोत जामरानबाट छोडिएको थियो ।

नियमित परीक्षणः

इरानी सेनाले यस्तो प्रकारको परीक्षण लगातार गरिरहन्छन् ।

सरकारी मिडियो रिपोर्टमा बताइए अनुसार इरानको दक्षिणी तटमा ‘आइतबार दिउँसो सैन्य अभ्यासको क्रममा बन्दर–ए–जस्कमा कोर्णाक जहाजसँग एउटा मिसाइल ठोक्कियो । टार्गेट प्राक्टिसको क्रममा जहाज मिसाइलको सम्पर्कमा आयो किनभने यतिबेला टार्गेट र जहाजबीचको दुरीलाई ध्यानमा राखिएको थिएन ।’

यो दुर्घटना राजधानी तेहरानको दक्षिण पूर्वमा करिब १२ सय ७० किलोमिटर टाढा ओमानको खाडीको पोर्ट अफ जस्कमा भएको हो ।

जमरान र कोणार्क जहाज ईरानी नौसेना प्रयोग गर्छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप