केन्द्रीय संस्करण

मतदाताको अवमूल्यन नहोस्

person explore access_timeबैशाख २९, २०७७ chat_bubble_outline0

राष्ट्र जनताका लागि, जनता राष्ट्र संरक्षणका लागि हुन् । राष्ट्र भूगोल मात्र होइन, भूगोल र राष्ट्रले मात्र राष्ट्रियता बलियो हुँदैन । राष्ट्रप्रतिको त्याग, बलिदानको भावना र त्यस राष्ट्रभित्रको धर्म, भाषा, संस्कृति, भेषभूषा आदिको सम्मान एवं संरक्षण नै राष्ट्रवादी अवधारण हो ।

राष्ट्रियता संरक्षणकर्ता जनता हुन् र तिनैको प्रतिनिधित्व गर्दै चुनिएका हुन् जनप्रतिनिधिहरू । बहुलवादी लोकतान्त्रिक गणतन्त्रमा विश्वास गर्ने सरकार शब्दको भावार्थ हेर्ने हो भने पनि जन–जनता, प्रति–जनताप्रति र निधि–जनताले आफ्नो मुलुकको बहुलवादी प्रजातन्त्रको संरक्षणका खातिर तोकेको निधि वा प्रतिनिधि । आफ्नो निधि वा जनप्रतिनिधि छान्ने क्रममा विभिन्न विधि प्रयोग भएका हुन्छन् । नेपालको सन्दर्भमा तीन तह छन्, सङ्घ, प्रदेश, स्थानीय तह । विकेन्द्रीकरणको सिद्धान्त अनुसार सङ्घ वा केन्द्रले राष्ट्रको सुरक्षा, न्याय क्षेत्र र अन्तराष्ट्र आदिलाई प्राथामिकताका आधारमा हेर्छ । प्रदेशले आफ्नो प्रदेशभित्र संविधानले तोकेको कार्य र स्थानीय तहले जनताका दैनिक कार्यहरूमा सहयोगीको भूमिका निर्वाह गर्छ । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले अङ्गीकार गरेको पूर्ण बालिग मताधिकारका आधारमा निर्वाचित प्रतिनिधिहरू । बहुदल आधार स्तम्भ हो भने लोक कल्याणकारी सांसद र बहुदलवादी प्रजातन्त्र । नेपाली काँग्रेस विसं २००४ सालमा र नेकपा विसं २००६ मा गठन भएका थिए । विसं २०४६ साल पश्चात स्थापित भएका हुन् अन्य राजनीतिक पार्टी । बहुदलीय व्यवस्थापनमा दलले चुनाव लड्छ, व्यक्ति गौण हुन्छ । व्यक्तिगत रूपमा चुनावमा प्रतिस्पर्धा गर्न पाइन्छ तर विश्वको इतिहासलाई हेर्दा त्यो ज्यादै न्यून भेटिन्छन् । व्यक्ति प्रतिनिधि पात्र मात्र हो । सरकार दलले बनाउँछ । प्रत्यक्ष निर्वाचन भएको ठाउँमा पहिला नै दलले जिम्मेवारी बाँडफाँट गरेको हुन्छ ।

पार्टीको प्रतिनिधित्व गर्दै निर्वाचित व्यक्तिले पार्टीको निर्देशनअनुसार सरकार सञ्चालन गर्छ । पार्टीले प्रदान गरेको निर्देशन पालना गरेन भने पार्टीले फिर्ता बोलाई सबै जिम्मेवारीबाट मुक्त गर्न सक्छ । बैठकमा प्रस्तुत हुँदा वा बस्दा विचार व्यक्तिको हुन्छ निर्णय पार्टी वा समूहको । यसरी नै पार्टीले जनता, जनजीविका एवं समस्याहरूको पहिचान गरी व्यापक छलफलपश्चात कार्यक्रम बनाएर जनता समक्ष लिएर जान्छ । 

जनता समक्ष जाने माध्यम पार्टी हो । जनताले पनि व्यक्ति माध्यम मात्र हो भन्ने बुझ्न थाले । व्यक्तिभन्दा पार्टीलाई चुन्न थाले । जनताले सहज महसुस गरेपश्चात नेताहरूले पार्टी खोल्न सुरु गरे । विश्वमा प्रथम पार्टीको रूपमा सन् १७६० मा जर्ज तेस्रोले बेलायतमा धजष्न पार्टी स्थापना गरे र सन् १८५९ मा रोबर्ट पिल र रेडिकल्सले द विगस पार्टी खोले । त्यही पार्टी नै हाल आएर लिबरल पार्टीमा परिणत भयो । ती दुई पार्टी नै वेलायतको प्रमुख पार्टीको रूपमा वर्तमानसम्म रहेका छन् । कन्जरभेटिभ पार्टी र लेबर पार्टी र अन्य ससाना पार्टीहरू पनि छन्, जुन गन्तीमा छैनन् । संयुक्त राज्य अमेरिकामा सन् १७८७ मा संविधान लागू भएपश्चात सन् १७९० मा फेडरेलिस्ट पार्टी र डेमक्रेटिक रिपब्लिकन पार्टी गठन भयो । हाल ती दुई पार्टी नै डेमोकेट्रिक र रिपब्लिकन पार्टीका रूपमा रहेका छन् । अन्य ससना पार्टीहरू नभएका होइनन तर त्यति चर्चामा छैनन् । १९औँ शताब्दीमा युरोपका विभिन्न देश जर्मन, फ्रान्स लगायत अस्टे«लियामा पार्टी खोल्न सुरु भयो । सन् १८४८ मा पराम्परागत शाक्तिलाई परास्त गर्न आन्दोलन हुन थाल्यो । त्यही आन्दोलनले धेरै पार्टी जन्मायो । हाल अस्ट्रेलियामा दुई प्रमुख पार्टी रहेका छन्, लेबर पार्टी र डेमोक्राट पार्टी । ग्रिन पार्टी लगायत अन्य पनि छन् । 

त्यसैगरी सन् १८४८ मा कार्ल मार्क्स र एङ्गेल्सले घोषणापत्र तयार गरी कम्युनिस्ट पार्टी स्थापना गरे । यसरी विश्वमा तीन प्रकारका पार्टी स्थापना भए– एक समाजवादी पार्टी, दुई प्रजातान्त्रिक पार्टी, तीन वामपन्थी पार्टी । वामपन्थी मुलुकहरूमा भने कम्युनिस्ट पार्टी खोल्न पाइन्छ । जस्तै चीन, उत्तर कोरिया, रसिया, क्यबा आदि । अन्य देशमा भने सबै प्रकारका पार्टी खोली राजनीतिक गतिविधि गर्न पाइन्छ । विश्वको ठूलो प्रजातान्त्रिकमध्ये एक छिमेकी राष्ट्र भारतमा समेत प्रमुख दुई पार्टी छन्, काँग्रेस आई र भारतीय जनता पार्टी । 

त्यसैगरी संसारभरी राजनीतिक परिवर्तनका वाहक पार्टी बन्न पुगे । नेपाल पनि अछुतो रहन सकेन २००४ सालमा काँग्रेस र २००६ सालमा कम्युनिस्ट पार्टी प्रतिबन्धित रूपमा नै खोलियो । २००७ सालमा प्रजातन्त्र पश्चात २०१५ सालको निर्वाचनमा काँग्रेसले दुई तिहाइ मत ल्यायो ।

कम्युनिस्टको जम्मा ४ सिट । पुनः २०४६ सालमा प्रजातन्त्र प्राप्त पश्चात २०४८ सालको निर्वाचनमा काँगे्रसले बहुमत त ल्यायो तर सबै कम्युनिस्ट पार्टीको प्राप्त मत जोड्ने हो भने कम्युनिस्ट पार्टीको नै धेरै मत हुन्छ । २०५१ र २०५६ को संसदीय निर्वाचनमा समेत कम्युनिस्टले धेरै मत प्राप्त गरे । संविधान सभाको दुवै निर्वाचनमा कम्युनिस्टले नै बढी सिट ल्याए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ मा सबै पार्टीहरू मिली निर्माण गरे । २०७४ सालको निर्वाचनमा त झण्डै दुई तिहाइ मत ल्याए । धरातलीय यथार्थलाई हेर्ने हो भने नेपालका बहुसङ्ख्याक जनताले आजका दिनसम्म कम्युनिस्टहरूलाई नै मतदान गरेको देखिन्छ । २०४६ सालको परिवर्तनपछि आफ्नो समूहको अस्तित्व बचाउन खोलिए राप्रपा र मधेसवादी पार्टीहरू ।

मधेसवादी पार्टी भौगोलिक अवस्थाका कारण वर्तमानसम्म अस्तित्व जोगाउन सफल छ भने राप्रपाको अस्तित्व समाप्त भयो वा गराइयो । काँग्रेस र कम्युनिस्ट पार्टीलाई समेत दरबारकै इसारामा फुटाइयो । फुट्दा जनताले पत्याएनन्, ठूला पार्टी फुटे र जुटे पनि । काँग्रेस र कम्युनिस्ट पार्टी मुलुकमा जनताको हितका खातिर खोलिएका थिए भने अन्य पार्टी वर्गगत स्वार्थ वा व्यक्तिगत स्र्वाथको लागि राप्रपा हिजोको पञ्च वा राजाका प्रतिनिधिहरू थिए । गणतन्त्रपछि त्यो पार्टीलाई सदैव दरबारबाट नै कमजोर पार्ने खेल भयो । नितान्त दरबारकै कारण राप्रपा रूपान्तरित भयो । दरबार हत्याकाण्डपछि कु गरी पार्टीका नेतालाई नजरबन्दमा राखियो । पुनः ती पार्टीलाई विभाजन गर्न खोज्दा सदाका लागि राजसंस्था मुलुकबाट बिदा भयो । 

संसारको इतिहास हेर्ने हो भने पार्टीहरू बलियो हुँदा नै लोकतन्त्र बलियो हुन्छ । विश्वबाट कम्युनिस्टहरूलाई समाप्त पार्दै गर्दा नेपालमा भने झण्डै दुई तिहाइको सरकार बन्नु शक्ति सम्पन्न राष्ट्रहरूका लागि टाउको दुखाइ हुनु स्वाभाविक नै हो । यसै विभाजन गर्ने खोजिएको पार्टी त्यसमाथि घरझगडा भएको देख्दा गैरकम्युनिस्ट राष्ट्रहरूले आगोमा घिउ थप्नु स्वाभाविक नै हो । 

नेकपा पार्टी विभाजन उत्कर्षमा पुगेको चर्चा हुन थालेको छ । लामो प्रयासपछि एक भएका कम्युनिस्ट पार्टी लिखित सहमति कार्यान्वयन नगर्ने चरणमा किन पुगे ? के जनता झुक्याउन मात्र हो ? के सरकार हत्याउन मात्र हो ? के गुटवाद स्वार्थपूर्ति गर्न हो ? रातारात पार्टी विभाजनबारे अध्यादेश कस्तो निर्देशनमा ल्याइयो ? माओवादी जनयुद्धका कारण आएको गणतन्त्र चल्ने, जनताका मालिक बन्ने तर माओवादी चाहिँ नचल्ने ? 
हाल नेकपामा तीनवटा अतिवाद देखिएको छ । 
१. पार्टीभन्दा ठूलो कोही छैन, पार्टी मिलाएर लैजानु पर्छ भन्ने । २. निर्वाचनमा पराजित भएपछि अर्काे निर्वाचन पर्खन नसक्ने, ३. पार्टीको निर्णय लत्याउने वा पुरातन कम्युनिस्ट पार्टीको प्रतिनिधि पात्रजस्तो कहिलै पद त्याग नगर्ने । यस्तो मानसिकताले नेकपालाई अहिलेको अवस्थामा पुर्याएको हो । यदि यस्तै भइरहने हो भने ४४ लाख मतदातालाई धोका हुनेछ । कार्यकर्ता माथि ठूलो अन्याय हुनेछ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.