शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘हर्ट अट्याक’ को खतरा बढाउने खानेकुराहरु

सोमबार, २९ वैशाख २०७७, १२ : ३०
सोमबार, २९ वैशाख २०७७

एजेन्सी : आजभोलि मुुटुको बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको पाइन्छ । जसले गर्दा हृदयघातको सम्भावना पनि बढाएको छ । यस्तो अवस्थामा मुटु स्वस्थ राख्नको लागि केही यस्ता खानेकुराको अत्यधिक सेवना गर्नहुँदैन । जुन खानाले झनै हृदयघातको सम्भावना बढाउँछ । 

स्वस्थ्य रहनको लागि मुटु पनि स्वस्थ्य रहन आवश्यक छ । स्वस्थ्य मुटुको लागि पौष्टिक खानाको आवश्यक हुन्छ । 

सामान्यतयाः मानिसहरु मुटुको धड्कन बढ्दा वा घट्दा निकै चिन्तामा हुने गर्छन् । तर, कहिलेकाँही गलत खानपानका कारण मुटुको धड्कनमा परिवर्तन आउने गर्छ । त्यसैले, जुन खानाको सेवन  गर्दा मुटु छिटो छिटो धड्किन्छ त्यस्तो अवस्थामा ती खाना खान कम गर्नुपर्छ । 

चिया र कफिको अत्याधिक सेवन 
कफि र चिया दुवैमा क्याफिनको मात्रा निकै ज्यादा हुन्छ । कफिनको अत्याधिक सेवनले मुटुको धड्कन बढ्न सक्छ । यदि तपाईं दैनिक चिया वा कफिको सेवन सीमित मात्रामा गर्नुहुन्छ भने यसको शरीरमा असर कम हुन्छ । तर, एक दिनमा ३ कपभन्दा बढी कफि वा चिया पिउनुहुन्छ भने तपाईंलाई विभिन्न प्रकारका रोग लाग्ने खतरा हुन्छ । 

हानिकारक चिसो पेय पदार्थ र चकलेट 
चिसो पेय पदार्थ र चकलेट दुवैमा क्याफिनको मात्रा धेरै हुन्छ । यसको अत्याधिक सेवनले मुटुको धड्कन तेजसँग धड्किन थाल्छ । यसका साथै चिसो पेय पदार्थमा चिनीको मात्रा पनि धेरै हुन्छ । त्यसैले चिसो पेय पदार्थ धेरै पिउँदा शरीरमा चिनीको मात्रा बढ्छ र यसको अत्यधिक सेवन गर्दा स्वास्थ्यमा नोक्सान पुग्छ । 

मद्यपान 
मद्यपानको सेवनले मुटुको चाल बढ्छ । जो व्यक्ति लगातार रक्सीको सेवन गर्छन् ती व्यक्तिमा अन्य व्यक्तिको तुलनामा मुटु कमजोर हुन्छ । त्यसैले अत्यधिक रक्सीको सेवन गर्ने व्यक्तिलाई कार्डियक अरेस्ट र हृदयघात जस्ता ज्यानमारा स्थितीको पैदा हुन्छ । 

चिल्लो पदार्थ 
चिल्लो पदार्थ खाँदा शरीरमा कोलेस्ट्रोलको मात्रा वढ्छ । यसले स्वास्थ्यमा गम्भीर असर पार्छ । चीजमा फ्याटको मात्रा अत्याधिक हुन्छ जुन मुटुको लागि खतरनाक हुन्छ । 

धेरै तारेको र भुटेको खानेकुरा 
धेरै तारेको र भुटेको खानेकुरा अस्वस्थ्य हुन्छ । यस्तो खानामा कोलेस्ट्रोलको मात्रा बढी हुन्छ । जसले मुटुको समस्या पैदा गर्छ । भने क्यान्सर र मोटोपन बढाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप