शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलबस्तुमा मुम्बई र दिल्लीबाट लुकेर आएका युवामा धमाधम कोरोना संक्रमण

सोमबार, २९ वैशाख २०७७, १० : ४३
सोमबार, २९ वैशाख २०७७

बुटवल – भारतको मुम्बई र दिल्लीबाट लुकेर कपिलबस्तु आएका युवाहरुमा कोरोना संक्रमण भेटिएको छ ।

आज कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका १८ देखी ३४ बर्षका पूरुषहरुमा भारतको मुम्बई र दिल्लीबाट आएको पाइएको छ ।

कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले रोजगारीको लागि मुम्बई र दिल्लीबाट फर्केका युवाहरुमा आज कोरोना भाइरस भेटिएको रातोपाटीलाई बताए । उनले भने, ‘उनीहरु सवै भारतबाट आएका हुन् । लकडाउनको बिचमा सिमानाका लुक्दै आएको पाइएको छ ।’

उनले कहिले, कुन नाका हुँदै आएका लगायतको बिषयमा थप अनुसन्धान गर्नको लागि अहिले प्रहरी प्रशासन जाँदै गरेको बताए ।  यसअघि कपिलबस्तुमा भेटिएका ५ जना भारतको मुम्बईमा  काम गर्ने व्यतिहरु थिए । उनीहरु पनि लुक्दै कपिलबस्तु आएका थिए ।

आज भेटिएका कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् ।

कोरोना संक्रमितहरु यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइन राखिएको  थियो ।

जो कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका–७, १० निवासी १८, ,१९, २०, २४, २०, २० ,२४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरू र १ जना उमेर नखुलेका पुरुष छन् । 

उनीहरूको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । कपिलबस्तुबाट  ४५३ जनाको स्वाव परिक्षण लिएको थियो । जसमध्ये आज मन्त्रालयले  १० जना थपिएको रिर्पोट सार्वजिक गरेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरीले बताए । उनले आज साँझसम्म अन्य रिर्पोट पनि आउने बताए । 

कपिलबस्तुमा आज पुष्टि भएको १० जनालाई दिउँसो बुटवलका स्थापना गरिएको कोरोना बिशेष अस्पतालमा ल्याउँदै गरिएको डा. गिरीले रातोपाटीलाई बताए । प्रदेश ५ काम प्रदेश तीन जिल्लाका कोरोना संक्रमित भेटिएपछि त्रास बढेको छ आज सम्म ४० कोरोना संक्रमित भेटिएका छन् ।

प्रदेश ५ का स्वास्थ्य निर्देशक  डा. विनोद गिरीले भोलि विहानैदेखि कन्ट्याक्ट ट्र्यासिङका लागि स्वास्थ्यकर्मीहरु परिचालन गरिने जानकारी दिए ।  बांँके २४ ,कपिलबस्तुमा १५ र रुपन्देहीमा १ जना भेटिएका छन् ।  बाँकेमा भेटिएलाई नेपालगञ्जका राखिएको छ । रुपन्देही र कपिलबस्तुमा भेटिएका लागी बुटललमा राखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप