ला लिगा र सेगुन्डाका ५ खेलाडीमा कोरोना संक्रमण
ला लिगाले स्पेनको पहिलो र दोस्रो डिभिजन लिग खेल्ने ५ खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको छ । स्पेनिस फुटबल फेरि सुचारु गर्ने नीतिअन्तर्गत पहिलो चरणमा ला–लिगा खेल्ने २० र सेगुन्डा (दोस्रो डिभिजन) का २२ गरी ४२ वटा ट्रेनिङ मैदानमा यसै साता परीक्षण गरिएको थियो ।
‘यी क्लबमा ५ वटा कोरोना भाइरस पोजेटिभ केस भेटिएको छ । यी कुनै पनि खेलाडीमा लक्षण देखिएको थिएन र उनीहरु रोगको अन्तिम चरणमा थिए,’ लालिगाले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
पोजेटिभ देखिएका खेलाडीहरु घरमै आइशोलेसनमा बस्नेछन् र आगामी दिनमा फेरि उनीहरुलाई परीक्षण गरिनेछ । जब उनीहरुको परीक्षण नतिजा दुईपटक नेगेटिभ आउनेछ, त्यसको ७२ घण्टापछि उनीहरु आफ्ना खेलाडीसँग फेरि अभ्यसमा सहभागि हुनेछन् । व्यक्तिगत कारणले गर्दा संक्रमित कुनै पनि खेलाडीको नाम नखुलाउने लालिगाले जनाएको छ ।
यसअघि बार्सिलोनाले गत शुक्रबारबाट आफ्नो अभ्यास सुरु गरिसकेको छ । भिल्लारियल, सेभिल्ला, ओशासुनाले पनि त्यसयता आफ्नो अभ्यास सुरु गरेका छन् भने अन्य धेरै क्लबले अभ्यास सुरु गर्नेवाला छन् ।
स्पेनमा अहिलेसम्म २ लाख २२ हजारभन्दा धेरैमा कोरोना भाइरस देखिएको छ भने २६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत