के घर बाहिर बस्नु थप सुरक्षित ?
यसबारे हालसम्म खासै धेरै अनुसन्धान त भएको छैन तर थुप्रै बिन्दु यस्ता छन् जसमा लाग्छ कि घर बाहिर बस्नु धेरै नै सुरक्षित छ ।
तर एक अनुसन्धानको सुरुवाती चरणमा भनिए अनुसार ड्रपलेट्स (हाँच्छियू गर्दा वा खोक्दा निस्कने छिटा) मा भाइरस हुन्छ । यस्तोमा यदि तपाईं बाहिर हुनुहुन्छ भने यो हावामै उड्छ । र यदि तपाईं जगिङ गरिरहनुभएको छ भने तपाईंले केही सतहलाई छुने सम्भावना कम हुन्छ । यस्तो अवस्थामा तपाईंले कुनै संक्रमित सतहमा हात नराख्ने र आफ्नो अनुहारलाई नछुने सम्भावना पनि बढ्छ ।
जापानमा भएको एक अनुसन्धान अनुसार घरमा बस्नु, बाहिर घुम्ने तुलनामा १८ गुणा बढी खतरनाक छ । र चीनको एक अनुसन्धानमा जब तीन सय संक्रमितको अनुसन्धान गरियो तब तीमध्ये एउटा घटना मात्रै आउटडोरको थियो ।
तर यसको अर्थ कुनै पनि हालतमा यो होइन कि घर बाहिर खतरा नै छैन ।
चीनमै भएको अर्को एक अनुसन्धानमा करिब २ हजार यस्ता व्यक्ति माथि अध्ययन गरियो जो संक्रमित व्यक्तिको सम्पर्कमा आएका थिए । यो अनुसन्धानले चेतावनी दिँदै कुनै पनि व्यक्तिसँग मास्क बिना नै सम्पर्कमा आउँदा खतरनाक साबित हुनसक्ने बताएको छ ।
बेलायतको सरकारले पनि मानिसहरुलाई एक–अर्कासँग सीधा सम्पर्कमा नआउन आग्रह गरेको छ । मानिसहरुबीच दुई मिटरको दुरी स्थापित गर्न आवश्यक भएको बताइएको छ ।
तर के दुई मिटरको दुरी पर्याप्त छ ?
अमेरिकामा भएको एक प्रयोगशाला परीक्षणमा खोक्दा ड्रपलेट्स ६ मिटर टाढा पुग्न सक्छ भने हाच्छिउँ गर्दा ८ मिटर परसम्म जानसक्छ ।
घरभित्र बस्नु सुरक्षित वा घर बाहिर ? यो अहिले पनि बहसको विषय बनेको छ । तर यो साँचो हो कि भीडभाडबाट बच्नु सबैभन्दा महत्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले एक दिनमै ६४ करोड मत गनेपछि एलन मस्कको यस्तो प्रतिक्रिया
-
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु
-
शुक्रबारबाट रिलिज ‘तेल भिसा’ र ‘अग्निदहन’को व्यवसाय कस्तो ?
-
बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
-
धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको अन्तर्वार्ता सम्पन्न
-
सिनामंगलस्थित होटलमा दुई युवायुवती मृत अवस्थामा भेटिए