शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकन आइडलको शीर्ष ७ मा उक्लिए दिवेश पोखरेल

सोमबार, २९ वैशाख २०७७, ०८ : २४
सोमबार, २९ वैशाख २०७७

दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकन आइडलको शीर्ष ७ मा उक्लिएका छन् ।

आइतबार ‘इन्टरनेशनल मदर्स दे’ को अवसरमा दिवेशले आमाको ममता झल्काउने बोन आइभरको निकै चर्चित गीत ‘हे, मा’ गीत गाएका थिए । यसपटकको उनको प्रस्तुतीमा उनीसँगै उनका आमा र बुवा पनि देखिएका छन् ।

अमेरिकन आइडलको अडिसनदेखि नै आर्थरले निर्णायकहरुको अत्यधिक तारिफ पाउँदै आएका छन् । शीर्ष ७ मा आइपुग्दासम्म उनको तारिफको क्रम जारी छ ।  

निर्णायकमध्येका एक लुक ब्रायनले उनले असाध्यै राम्रो प्रस्तुती दिएको भन्दै प्रतिक्रिया दिएका छन् ।


यस्तै अर्का निर्णायक लियोनेल रिचीले पनि उनको प्रशंसा गर्दै भने, ‘तिमीले खासमा फोनबुक पनि गाउन सक्छौ । मैले यसो भनेर तिम्रो प्रशंसा गरिरहेको छु । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, तिमीले जे सुकै गाउ, त्यो आर्थर गन नै सुनिन्छ । र सबैले आफ्नो करियरमा खोज्ने भनेकै यहि हो । यो यात्रामा रमाउ मेरो साथी, तिम्रो यो यात्रा उत्कृष्ट हुनेछ ।’

यस्तै अर्की निर्णायक केटी पेरीले ठट्टा गर्दै भनिन्, ‘आर्थर, मैले आफूसँग सानो तिनकुने टिस्यू तयार पारेर राखेकी छु किनभने आमाको लागि डेडिकेट गरिएको यो कार्यक्रममा म जतिबेला पनि टुट्न सक्छु ।’

उनले आर्थरको तारिफ गर्दै भनिन्, ‘तिमीले कति राम्रोसँग गायौ । तिमी आफू एक व्यावसायिक संगीतकर्मी हौ भनेर प्रमाणित गरिरहेको छौ । वाउ ।’

दिवेशले पनि अमेरिकन आइडलको आफ्नो यात्रालाई ठूलो अवसर बताउँदै यसलाई आफूले बुढ्यौलीसम्म पनि नबिर्सने बताएका छन् ।

यसका साथै उनले ‘डिज्नी नाइट’ का लागि ‘किस द गर्ल’ समेत गाएका छन् । यसमा पनि उनले दर्शक तथा निर्णायक मण्डलको अत्यधिक प्रशंसा पाएका छन् ।

आर्थरलाई शीर्ष ५ का दाबेदारको रुपमा हेरिएको छ ।

फिनालेमा दिवेसलाई पुर्याउनका लागि भोटिङ लाइन खुल्ला गरिएको छ । दिवेशलाई भोट गर्नका लागि १६ लेखेर २१५२३ मा मेसेज पठाउन सकिनेछ अथवा  अमेरिकन आइडलको अफिसियल साइटमा गएर  भोट गर्न सकिनेछ अथवा अमेरिकन आइडलको एपमार्फत् भोट गर्न सकिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप