शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भोलिदेखि युएईमा राहत बाँड्दै छौँ: राजदूत ढकाल

आइतबार, २८ वैशाख २०७७, २० : १२
आइतबार, २८ वैशाख २०७७

युएई । नोबल कोरोना भाइरस (कोभिड १९) का कारण युएईमा अलपत्र परेका नेपालीहरूलाई नेपाली दूतावास युएईले राहत वितरण गर्ने भएको छ। युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले रातोपाटी टिभीको ‘द भ्यू’ कार्यक्रममा बोल्दै भोलिदेखि पीडित नेपालीहरूलाई गैरआवासीय नेपाली संघ एनआरएनए र नेपाली समाज युएईसँग समन्वय गरेर राहतस्वरूप खाद्यान्न वितरण गरिने बताए।

अहिलेसम्म पीडित नेपालीहरुको हकमा युएईमा रहेका विभिन्न नेपाली समुदायहरूमार्फत सहयोग भैरहेको र नेपाल सरकारको नीतिअनुसार भोली नै एक हजार प्याकेट खाद्यान्न उपलब्ध हुने ढकालले जानकारी दिए ।  उक्त राहत एनआरएनए र नेपाली समाजसँग समन्वय गरी पीडितहरुलाई  बाँडिने राजदूत ढकालले बताए। 

उनले मध्यपूर्वका केही देशहरूले पछिल्लो समयमा कुनैपनि  देशको राष्ट्रियता खुलाएर कोरोना संक्रमितहरूको विवरण नदिएको समेत उनले बताए। सम्बन्धित निकायबाट आधिकारिक  जानकारी नआएकोले तथ्याङ्क सार्वजनिक गर्न नसकेको तर आन्तरिक रूपमा कोरोना संक्रमितहरूको तथ्याङ्क दूतावासमा रहेपनि सार्वजनिक गर्न नमिल्ने उनले बताए।

कार्यक्रम ‘द भ्यू’ ले युएई लागि नेपाली राजदूत ढकाल, ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, बहराइनका राजदूत पदम सुन्दास र कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाजसँग खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुको अवस्थाबारे छलफल गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप