नवलपरासीमा लागु औषधसहित दुई पक्राउ
नवलपरासीमा । लागुऔषधसहित दुई युवा नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम)बाट आज पक्राउ परेका छन् । बन्दाबन्दीको मौकाछोपी लागुऔषध ओसारपसार गरिरहेका अवस्थामा जिल्लाको भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बसहियाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–६ का २८ वर्षीय विजय चौधरी र २५ वर्षीय सुनिल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनीहरुका साथबाट ओनरेक्स सिरफ १०० मिलिलिटरको चार बोतल, नाइट्रोभेट पाँच फाइन (प्रति फाइल पन्ध्र चक्की) र स्पास्मो ५४ फाइल (प्रतिफाइल आठ क्याप्सुल) बरामद गरिएको छ ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ती युवा प्रहरीचौकी बसहियाबाट खटिएको गस्ती टोलीलाई देखेर भाग्न थालेपछि प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा लागुऔषध बरामद भेटिएको प्रनाउ थापाले बताए । उक्त कार्यमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न