शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँमा जलाइयो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला, तस्विरमा हेर्नुहोस्

आइतबार, २८ वैशाख २०७७, १९ : ०१
आइतबार, २८ वैशाख २०७७

नेपालको भूमि लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेपछि यतिबेला भारतको कदमविरुद्ध विभिन्न प्रदर्शनहरु भइरहेको छ । विवादीत रहेको सीमाको समस्या कुटनीति तवरबाट गर्ने समझदारी विपरित भारतले नेपालको भूमिमा मानसरोवरसम्म जाने सडक निर्माण गरेको हो । उक्त क्षेत्र भारतीय सीमाभित्रै पर्ने भारतको दाबी छ ।

यता, लिपुलेकमा नेपाली भूमिमाथि भारतले कब्जा गरेको भन्दै आइतबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । काठमाडौँको कलंकीमा जनता दरवार नामक भ्रष्टाचारविरोधी अभियानले मोदीको पुत्ला जलाएको हो । प्रदर्शनक्रममा गो ब्याक इन्डियालगायतका प्लेकार्डहरु पनि बोकिएको थियो ।

तस्विरहरु हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप