लकडाउनमा जाम ?

कृष्ण खड्का/सुवास श्रेष्ठ
काठमाडौँ । सरकारको पछिल्लो निर्णय अनुुसार देशभर लागू गरिएको लकडाउनलाई केही खुकुलो पारिएको छ । सिमित उद्योग र संघसंस्थालाई सञ्चालनको अनुमति दिइएको छ । यसको असर काठमाडौँको ट्राफिकमा देखिएको छ । यसअघिसम्म सुनसान देखिने काठमाडौँका सडक अहिले सवारीसाधानले भरिभराउ देखिन थालिएको छ ।
सवारीसाधानको चाप बढेपछि आइतबारबाट काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनहरु सञ्चालनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले सरकारी सेवा, बैंक तथा वित्तिय क्षेत्र, निर्माण क्षेत्र अत्यावश्यक सामान बोक्ने सवारीहरु व्यवस्थापनका लागि ‘टाइमकार्ड’ प्रणाली लागू भएको जानकारी दिए । ढकालकाअनुसार सरकारी कार्यालयका सवारी विहान ९ देखि साढे १० बजेसम्म कार्यालय गइसक्नुपर्ने र साँझ ५ देखि ६ बजेसम्म फर्किसक्नुपर्ने नियम लागू भएको छ ।
यस्तै बैंक तथा वित्तिय क्षेत्रका व्यक्तिहरुले दिउँसो ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्ने र अन्य अत्यावश्यकीय सामान ढुवानी गर्ने सवारीहरुले बिहान १० बजेभित्र गरिसक्नुपर्ने नियम लागू भएको उनले बताए । निर्माण क्षेत्रका सवारीहरुलाई राती ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको उनले बताए । प्रमुख ढकालले पासबाहक सवारी चालकलाई पासको दुरुपयोग नगर्न आग्रह गरेका छन् । पासको दुरुपयोग भएको पाइएमा पास थुत्ने र गाडी होल्न गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्र शाहकै कारण राजतन्त्र ढलेको थियो : गैरे
-
जेनेभामा के गर्दैछिन् परराष्ट्रमन्त्री देउवा ?
-
गोविन्दा र सुनिताले गर्न लागेका हुन् सम्बन्धविच्छेद ?
-
महाशिवरात्रिमा ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ भिड्दै
-
प्रतिनिधि सभा बैठक : भौतिक पूर्वाधारको काम समयमै सम्पन्न गर्न सांसदहरूको माग
-
ओली जोरपाटीमा, ४ जना पक्राउ