सत्तारुढ नेकपाभित्रको रडाको र विरोधीहरुको भय दोहन गर्ने ओलीको कला
विश्वव्यापी रुपमा कोरोना भाइरस्को महामारी फैलिएर असंख्य धनजनको क्षति भैरहेको बेलामा मानव जातिको जीवन रक्षाको काम सर्वोपरि महत्वको भएको हुनाले सबैको ध्यान कोभिड– १९ को रोकथाम र नियन्त्रणमा केन्द्रित गर्नु आवश्यक थियो । अरु सबै प्रकारका अन्तरविरोधलाई केही समयका लागि थाति राखेर भए पनि यसलाई सबैको साझा एजेण्डा बनाएर अघि बढ्ने नीति नै यतिखेरका लागि सही हो । तर सरकारी नेकपाले यसलाई आत्मसात गरेको पाइएन । यतिखेरै पार्टीभित्र, सरकारमा पनि सत्तासंघर्षले प्राथमिकता पाएको छ । यतिखेरै आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । शासनसत्ता संचालन गरिरहेको पार्टीमा चलिरहेको यस प्रकारको विवाद, अन्तर संघर्ष, उतारचढाव र सत्ताको चलखेलले समग्र देशको राजनीति मै एक प्रकारको तरंग पैदा गरेको छ ।
सत्ताधारी पार्टीका बीचमा यतिखेर चलिरहेको यो रँडाकोका कारण हाम्रो देशमा महाव्याधि कोभिड– १९ लाई रोकथाम गर्ने र नियन्त्रण गर्ने महाअभियानमा अत्यन्त नकारात्मक असर परेको छ । यो अभियान फितलो भएको छ । नेकपाका नेताहरुले, केपी ओली नेतृत्वको सरकारले यो विपतबाट जनतालाई बचाउने र राहत दिनेभन्दा पनि सत्तामा टिक्ने र सत्ता प्राप्त गर्ने कामलाई प्राथमिकतामा राखेको तथ्यको उजागर भएको छ । विश्वका सबै देशका सरकारहरुले कोरोना भाइरसको रोकथाम र नियन्त्रणलाई प्रमुख एजेण्डा बनाएर त्यसैमा केन्द्रीत भएका छन्, तर ओली नेतृत्वको सरकारले यसलाई प्रमुख एजेण्डा बनाउन सकेन । यसबाट जनता र राष्ट्रले ठूलो क्षति भोग्नुपर्ने स्थिति पैदा भइरहेको छ । विभिन्न पक्षबाट हेर्दा देश लथालिंगको अवस्थातिर ओरालो लागिरहेको छ । यसबाट जनतामा असन्तोष र आक्रोसको मात्रा चुलिँदै छ । समाजमा उकुसमुकुस छ । हाम्रा आगामी दिनहरु निकै चुनौतीपूर्ण बन्दै गइरहेको छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
सत्ताधारी पार्टीका बीचमा यतिखेर चलिरहेको यो रँडाकोका कारण हाम्रो देशमा महाव्याधि कोभिड– १९ लाई रोकथाम गर्ने र नियन्त्रण गर्ने महाअभियानमा अत्यन्त नकारात्मक असर परेको छ । यो अभियान फितलो भएको छ । नेकपाका नेताहरुले, केपी ओली नेतृत्वको सरकारले यो विपतबाट जनतालाई बचाउने र राहत दिनेभन्दा पनि सत्तामा टिक्ने र सत्ता प्राप्त गर्ने कामलाई प्राथमिकतामा राखेको तथ्यको उजागर भएको छ ।
प्रस्तुत आलेखमा सत्ताधारी पार्टीका वीचमा चलिरहेको सत्ता संघर्षका विभिन्न पक्षबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
आन्तरिक गुटहरु र सरकारको अवस्था
नेकपा एउटा सुदृढ र संगठित पार्टीभन्दा पनि तीनवटा गुटहरुको मिश्रण हो भन्दा फरक नपर्ला : अध्यक्ष र प्रधानमन्त्री के पी ओलीको नेतृत्व, अर्का अध्यक्ष प्रचण्ड नेतृत्व र वरिष्ठ नेता माधव नेपाल नेतृत्वका गुटहरु । अपवादलाई छाडेर कुनै पनि एउटा गुटको पार्टी कमिटीमा बहुमत छैन । दुईवटा गुट एकातिर मिले भने त्यसको बहुमत हुन्छ र बाँकीरहेको एकल गुट अल्पमतमा पर्छ । “एकता” भएको लगत्तै पछि के पी ओली र प्रचण्ड एकातिर थिए । यतिखेरको समिकरणमा प्रचण्ड र माधव नेपाल एकातिर छन्, त्यसैले उनीहरुको बहुमत छ । ओली गुट अल्पमतमा छ । गुटहरुले वैधानिकता पाएका छन् । पार्टीका उपाध्यक्ष वामदेव गौतमले सचिवालयको बैठकमा नै आफुले पनि एउटा गुट बनाउने घोषणा गरे । ओली गुट, केन्द्रीय समिति, स्थायी समिति, सचिवालय सबैतिर अल्पमतमा छ । तर, पार्टीका अध्यक्ष तथा सरकारका प्रधानमन्त्री दुबै पदमा ओली नै छन् । बहुमतको विरोधको वावजुद उनले निरन्तर एकलौटी निर्णय गरिनै रहेका छन् । बहुमत तमासे बनेर टोलाएर हेरिरहेको जस्तो देखिन्छ । बहुमत निरीह देखिन्छ ।
ओली गुट, केन्द्रीय समिति, स्थायी समिति, सचिवालय सबैतिर अल्पमतमा छ । तर, पार्टीका अध्यक्ष तथा सरकारका प्रधानमन्त्री दुबै पदमा ओली नै छन् । बहुमतको विरोधको वावजुद उनले निरन्तर एकलौटी निर्णय गरिनै रहेका छन् । बहुमत तमासे बनेर टोलाएर हेरिरहेको जस्तो देखिन्छ । बहुमत निरीह देखिन्छ ।
औपचारिक रुपमा भन्ने हो भने यो सरकार नेकपाको एकल बहुमत भएको सरकार हो । पाँच वर्षसम्म यो सरकारलाई चलाएर मुलुकमा ‘स्थीरता आएको’ भन्ने देखाउनकालागि संसदका प्रतिपक्षी पार्टीहरु समेत लागि परेका थिए । सरकार संचालनमा खासै गतिरोध कतैबाट थिएन । तर, दलाल र नोकरसाही पुँजीपति वर्गले चुनावमा भएको आफ्नो लगानीको मुनाफा चाँडै निकाल्न खोज्यो । सरकार भ्रष्टाचार, तस्करी, माफियाकरण, कमिशनतन्त्र, असुरक्षा, राजनीतिक दमन, प्रतिशोध, नातावाद, कृपावाद, राष्ट्रघात आदिमा चुर्लम्म डुब्दै गयो । सरकारले उल्टो दिशातिरको यात्रा गरिरहेको छ । सरकार आफ्नै कारणबाट विफल हुँदै गएको छ । विरोधको निशानामा परेको छ । यो सरकारलाई ५ वर्ष सम्म टिकाउनकालागि सहयोग गर्नु पर्छ भन्नेहरु नै यो सरकारको औचित्यता नरहेको विचार व्यक्त गरिरहेका छन् । संसदको बजेट अधिवेशनमा विपक्षी पार्टीका नेताहरुले प्रधानमन्त्रीको राजीनामाको माग समेत गरेको पाइयो । प्रतिपक्षबाट मात्र होइन, सत्तापक्षबाट पनि ओली सरकार माथि कडा प्रहार भैरहेको छ । यो सरकारको पक्षमा बोल्नबाट मन्त्रीहरुनै भाग्नु पर्ने अवस्था छ । सरकारले सर्वत्र विश्वास गुमाएको छ ।
पार्टी संचालनको सूत्र
ओलीजीको सरकारले गरेका गलत कामहरुको व्यापक विरोध भए पछि यी विषयहरु पार्टीमा पनि उठ्न थाले । ओलीजीको गलत कार्यशैलीको चर्को विरोध भैरहेको थियो । पार्टी भित्रको आन्तरिक संघर्ष भुसको आगोझैं सल्किँदै थियो ।
बैसाख ८ गते शिर्ष नेतृत्वहरुलाई पनि थाहा नदिइकन क्याविनेटबाट पठाएर विजुलीको गतिमा राष्ट्रपतिव्दारा पारित दुईवटा अध्यादेश प्रकरणले त्यो आगोलाई दन्काउने काम गर्यो । त्यसपछि सचिवालय, स्थायी समिति र केन्द्रीय समितिका नेताहरु नै ओलीजीप्रति बढी आक्रोसित देखिए । उनीहरुको तर्क के छ भने अन्य पार्टी फुटाउन मात्र होइन कि आफ्नै पार्टी फुटाउनकालागि पनि ओलीजीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गराएका हुन् । उनको नियत नै पार्टी फुटाउने हो । ओलीजीकै निर्देशनमा भएको समाजवादी पार्टीका सांसदको अपहरण काण्डले पार्टीको छवि हेरिनसक्नु गरी बिग्रिएको छ । यस्तो स्थितिमा पार्टी एकतालाई बचाउनका लागि सहमति भएका खण्डमा दुई मध्ये एक जिम्मेवारीबाट हट्ने व्यवस्था गर्ने सोच अन्य नेताहरुको थियो । यसका निमित्त माधव नेपालजीले उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारी सम्वन्धी माग छँदै थियो । यो प्रस्तावलाई नमान्ने ओलीजीको जिद्दी पछि अब दुबै पदबाट उनी हट्नु पर्छ भन्ने बहस जोडतोडका साथ चलिरहेको छ । यसका निमित्त स्थायी समितिको बैठक बोलाउनका लागि २० जना समितिका सदस्यले नेतृत्वलाई संयुक्त पत्र नै बुझाएका छन् । बैठकमा एक व्यक्ति एक पदको माग उठ्ने पक्का भए पछि ओलीजीले पहिले बस्न सहमति जनाए पनि पछि बैठक नै बस्नु आवश्यक नरहेको बताइरहेका छन् । प्रचण्डजीले भनेको दुई तीन दिन पछि बस्ने भन्ने कुरा पनि त्यत्तिकै थन्किए जस्तो भएको छ । कतै बैठकनै नबस्ने त होइन ? भन्ने गम्भीर प्रश्न उठेको छ ।
ओलीजीका विश्वासी एकजना वरिष्ठ स्थायी समिति सदस्यले ओलीजीको बचाउ गर्दै अहिले विद्यमान पार्टीको कुनै पनि समितिले ओलीजीलाई हटाउन नसक्ने कुरा स्पष्ट पारेका छन् । उनले अझ जोड दिएर भनेका छन् कि यदि ओलीजीलाई कुनै पनि पदबाट हटाइयो भने पार्टी एकता नै रहँदैन (अर्थात् यो पार्टी नै फुट्छ) । उनको भनाइ अनुसार यो पार्टी एकताको म्याण्डेट हो । अनि ओलीजीलाई कसले छुने ? कसले पद् छाडनुस् भन्ने दुस्साहस गर्ने ? ओलीजीले प्रयोग गर्ने गरेको निरंकुशताको स्रोत के रहेछ भन्ने प्रश्नको जवाफ ती नेताको भनाईले राम्रो सँग दिए जस्तो लाग्छ ।
ओलीजीका विश्वासी एकजना वरिष्ठ स्थायी समिति सदस्यले जोड दिएर भनेका छन् कि यदि ओलीजीलाई कुनै पनि पदबाट हटाइयो भने पार्टी एकता नै रहँदैन (अर्थात् यो पार्टी नै फुट्छ) । उनको भनाइ अनुसार यो पार्टी एकताको म्याण्डेट हो । अनि ओलीजीलाई कसले छुने ? कसले पद् छाडनुस् भन्ने दुस्साहस गर्ने ?
एक व्यक्ति, एक पद लागु गर्दै हुनुहुन्छ क्यारे नि ? भन्ने यो पंक्तिकारको जिज्ञासामा एकजना सचिवालय सदस्यले भनेका थिए : एक व्यक्ति, एक पद पार्टीका अरु सबैमा लागु हुन्छ, दुई जनामा लागु हुँदैन – ओलीजी र प्रचण्डजीमा । पार्टीमा पनि यस्तो भेदभावपूर्ण निर्णय कसरी भयो होला ? यो सुनेर ६० वर्ष अघि मैले पाणिनी व्याकरणमा पढेको एउटा सूत्रको मलाई सम्झना आयो । त्यसको सार थियो : ‘सबै ब्राह्मणलाई दही दिनू, कौडिन्य गोत्र भएकालाई मोही दिनू ।’ धन्य छ, लेनिनको जनवादी केन्द्रीयताबाट होइन पाणिनीको व्याकरणको सूत्रबाट चल्ने नेपाल कम्युनिष्ट पार्टी !
ओलीजीको अचुक हतियार
यतिखेर नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ । तर घटनाक्रमहरुले ओलीजीलाई साथ दिएको हुनाले वारपारको स्थिती टर्दै आउने गरेको छ । यथास्थितिको अवस्था लम्विएको छ । ओलीजीको अपरेसनभन्दा अगाडिको संकटलाई मिर्गौला अपरेसनको संवेदनशील घटनाले बचायो । वैसाख ८ गतेको अध्यादेश प्रकरणबाट उत्पन्न समस्या २० गते उत्कर्षमा पुगेको थियो । २० जना स्थायी कमिटी सदस्यले संयुक्त हस्ताक्षर गरेका आधारमा आयोजित बैठक बस्ने कि नबस्ने भन्ने बहसले पनि चर्कै रुप लिएको थियो । संसदमा सरकारको नीति, कार्यक्रम र बजेट सम्वन्धी विषय प्रस्तुत गर्नुपर्ने आवश्यकताले अहिलेलाई त्यो खड्गो पनि टरेको छ । यत्तिकैमा यो विवाद साम्य भैहाल्ला त ? सबैलाई मान्य हुने ‘विन विन सिचुएसन्’ फेला परिसकेको हो त ? त्यस्तो देखिँदैन । केवल युद्ध विराम मात्र भएको हो भन्ने अनुमान नै सहि हो भन्ने देखिन्छ ।
काक्ताली पर्दै रोकिँदै गरेको यो युद्ध विराम स्थायी विराममा बदलिन्छ वा एक बिन्दुमा गएर त्यो वारपार हुन्छ होला ? आफु अल्पमतमा पर्दा पनि के पी अोलीले आफुले चाहेको विषयमा एकलौटी निर्णय गरेरै अघि बढिरहेका छन् । बहुमत पक्ष प्रायः जिल्लाराम पर्ने गरेको देखिन्छ । यसको खास कारण के हो त ? ओलीजीले बहुमतका नेताहरुको र पार्टी कार्यकर्ताको ठुलो तब्काको मनो विज्ञान राम्रो सँग बुझेका छन् । त्यो मनो विज्ञान हो – कुनै पनि हालतमा पार्टी फुट्नु हुँदैन । पार्टी फुटेपछि त सबै बरवाद भै हाल्छ नि । जे सुकै गरेर पनि पार्टी एउटै भैरहनु पर्छ ।
ओलीजीले बहुमतका नेताहरुको र पार्टी कार्यकर्ताको ठुलो तब्काको मनो विज्ञान राम्रो सँग बुझेका छन् । त्यो मनो विज्ञान हो – कुनै पनि हालतमा पार्टी फुट्नु हुँदैन । पार्टी फुटेपछि त सबै बरवाद भै हाल्छ नि । जे सुकै गरेर पनि पार्टी एउटै भैरहनु पर्छ ।
यो मनोविज्ञानको राम्रो ज्ञान भएका ओलीजीले विराधीहरुलाई बसमा राखि हाल्छन् । जब अन्तरसंघर्ष उत्कर्षमा पुग्दछ ‘पार्टी फुट्ने’ चर्चाको व्यापक प्रचार प्रसार भै हाल्दछ । त्यसबाट बहुमत पक्ष भयभीत हुन्छ । बेचैन हुन्छ । पछि हट्छ । अनि नयाँ संझौता र सहमतिका बुँदाहरुको खोजी गर्न थाल्दछ । ‘पार्टी फुटाइ दिन्छु’ र ‘पार्टी फुट्छ’ भन्ने दवाबले एउटा अचुक हतियारको काम गरिरहेको देखिन्छ । यसरी विरोधीहरुको भय दोहन गर्ने कला सबै सँग कहाँ हुन्छ र ?
यतिखेर नेपालको राजनीतिमा सरकारी नेकपा फुट्छ कि फुट्दैन ? भन्ने प्रश्न निकै व्यापकरुपमा उठ्ने गरेको छ । यो पंक्तीकारको भनाई के छ भने नेकपा फुट्दैन । त्यहाँ भित्र अरु सबै कुरा हुन्छ, तर पार्टी फुट्दैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एउटा लोगो हो । यसको अरु चिज जहाँ, जस्तो, जे भए पनि लोगो कायमै रहन्छ ।
२०७७ । १ । २८