शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सत्तारुढ नेकपाभित्रको रडाको र विरोधीहरुको भय दोहन गर्ने ओलीको कला

‘सबै ब्राह्मणलाई दही दिनू, कौडिन्य गोत्र भएकालाई मोही दिनू ।’
आइतबार, २८ वैशाख २०७७, १५ : ०९
आइतबार, २८ वैशाख २०७७

विश्वव्यापी रुपमा कोरोना भाइरस्को महामारी फैलिएर असंख्य धनजनको क्षति भैरहेको बेलामा मानव जातिको जीवन रक्षाको काम सर्वोपरि महत्वको भएको हुनाले सबैको ध्यान कोभिड– १९ को रोकथाम र नियन्त्रणमा केन्द्रित गर्नु  आवश्यक थियो । अरु सबै प्रकारका अन्तरविरोधलाई केही समयका लागि थाति राखेर भए पनि यसलाई सबैको साझा एजेण्डा बनाएर अघि बढ्ने नीति नै यतिखेरका लागि सही हो । तर सरकारी नेकपाले यसलाई आत्मसात गरेको पाइएन । यतिखेरै पार्टीभित्र, सरकारमा पनि सत्तासंघर्षले प्राथमिकता पाएको छ । यतिखेरै आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । शासनसत्ता संचालन गरिरहेको पार्टीमा चलिरहेको यस प्रकारको विवाद, अन्तर संघर्ष, उतारचढाव र सत्ताको चलखेलले समग्र देशको राजनीति मै एक प्रकारको तरंग पैदा गरेको छ ।

सत्ताधारी पार्टीका बीचमा यतिखेर चलिरहेको यो रँडाकोका कारण हाम्रो देशमा महाव्याधि कोभिड– १९ लाई रोकथाम गर्ने र नियन्त्रण गर्ने महाअभियानमा अत्यन्त नकारात्मक असर परेको छ । यो अभियान फितलो भएको छ । नेकपाका नेताहरुले, केपी ओली नेतृत्वको सरकारले यो विपतबाट जनतालाई बचाउने र राहत दिनेभन्दा पनि सत्तामा टिक्ने र सत्ता प्राप्त गर्ने कामलाई प्राथमिकतामा राखेको तथ्यको उजागर भएको छ । विश्वका सबै देशका सरकारहरुले कोरोना भाइरसको रोकथाम र नियन्त्रणलाई प्रमुख एजेण्डा बनाएर त्यसैमा केन्द्रीत भएका छन्, तर ओली नेतृत्वको सरकारले यसलाई प्रमुख एजेण्डा बनाउन सकेन । यसबाट जनता र राष्ट्रले ठूलो क्षति भोग्नुपर्ने स्थिति पैदा भइरहेको छ । विभिन्न पक्षबाट हेर्दा देश लथालिंगको अवस्थातिर ओरालो लागिरहेको छ । यसबाट जनतामा असन्तोष र आक्रोसको मात्रा चुलिँदै छ । समाजमा उकुसमुकुस छ । हाम्रा आगामी दिनहरु निकै चुनौतीपूर्ण बन्दै गइरहेको छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।


सत्ताधारी पार्टीका बीचमा यतिखेर चलिरहेको यो रँडाकोका कारण हाम्रो देशमा महाव्याधि कोभिड– १९ लाई रोकथाम गर्ने र नियन्त्रण गर्ने महाअभियानमा अत्यन्त नकारात्मक असर परेको छ । यो अभियान फितलो भएको छ । नेकपाका नेताहरुले, केपी ओली नेतृत्वको सरकारले यो विपतबाट जनतालाई बचाउने र राहत दिनेभन्दा पनि सत्तामा टिक्ने र सत्ता प्राप्त गर्ने कामलाई प्राथमिकतामा राखेको तथ्यको उजागर भएको छ ।


प्रस्तुत आलेखमा सत्ताधारी पार्टीका वीचमा चलिरहेको सत्ता संघर्षका विभिन्न पक्षबारे चर्चा गर्ने प्रयास गरिएको छ ।

आन्तरिक गुटहरु र सरकारको अवस्था

नेकपा एउटा सुदृढ र संगठित पार्टीभन्दा पनि तीनवटा गुटहरुको मिश्रण हो भन्दा फरक नपर्ला : अध्यक्ष र प्रधानमन्त्री के पी ओलीको नेतृत्व, अर्का अध्यक्ष प्रचण्ड नेतृत्व र वरिष्ठ नेता माधव नेपाल नेतृत्वका गुटहरु । अपवादलाई छाडेर कुनै पनि एउटा गुटको पार्टी कमिटीमा बहुमत छैन । दुईवटा गुट एकातिर मिले भने त्यसको बहुमत हुन्छ र बाँकीरहेको एकल गुट अल्पमतमा पर्छ । एकताभएको लगत्तै पछि के पी ओली र प्रचण्ड एकातिर थिए । यतिखेरको समिकरणमा प्रचण्ड र माधव नेपाल एकातिर छन्, त्यसैले उनीहरुको बहुमत छ । ओली गुट अल्पमतमा छ । गुटहरुले वैधानिकता पाएका छन् । पार्टीका उपाध्यक्ष वामदेव गौतमले सचिवालयको बैठकमा नै आफुले पनि एउटा गुट बनाउने घोषणा गरे । ओली गुट, केन्द्रीय समिति, स्थायी समिति, सचिवालय सबैतिर अल्पमतमा छ । तर, पार्टीका अध्यक्ष तथा सरकारका प्रधानमन्त्री दुबै पदमा ओली नै छन् । बहुमतको विरोधको वावजुद उनले निरन्तर एकलौटी निर्णय गरिनै रहेका छन् । बहुमत तमासे बनेर टोलाएर हेरिरहेको जस्तो देखिन्छ । बहुमत निरीह देखिन्छ ।


ओली गुट, केन्द्रीय समिति, स्थायी समिति, सचिवालय सबैतिर अल्पमतमा छ । तर, पार्टीका अध्यक्ष तथा सरकारका प्रधानमन्त्री दुबै पदमा ओली नै छन् । बहुमतको विरोधको वावजुद उनले निरन्तर एकलौटी निर्णय गरिनै रहेका छन् । बहुमत तमासे बनेर टोलाएर हेरिरहेको जस्तो देखिन्छ । बहुमत निरीह देखिन्छ ।


औपचारिक रुपमा भन्ने हो भने यो सरकार नेकपाको एकल बहुमत भएको सरकार हो । पाँच वर्षसम्म यो सरकारलाई चलाएर मुलुकमा ‘स्थीरता आएको’ भन्ने देखाउनकालागि संसदका प्रतिपक्षी पार्टीहरु समेत लागि परेका थिए । सरकार संचालनमा खासै गतिरोध कतैबाट थिएन । तर, दलाल र नोकरसाही पुँजीपति वर्गले चुनावमा भएको आफ्नो लगानीको मुनाफा चाँडै निकाल्न खोज्यो । सरकार भ्रष्टाचार, तस्करी, माफियाकरण, कमिशनतन्त्र, असुरक्षा, राजनीतिक दमन, प्रतिशोध, नातावाद, कृपावाद, राष्ट्रघात आदिमा चुर्लम्म डुब्दै गयो । सरकारले उल्टो दिशातिरको यात्रा गरिरहेको छ । सरकार आफ्नै कारणबाट विफल हुँदै गएको छ । विरोधको निशानामा परेको छ । यो सरकारलाई ५ वर्ष सम्म टिकाउनकालागि सहयोग गर्नु पर्छ भन्नेहरु नै यो सरकारको औचित्यता नरहेको विचार व्यक्त गरिरहेका छन् । संसदको बजेट अधिवेशनमा विपक्षी पार्टीका नेताहरुले प्रधानमन्त्रीको राजीनामाको माग समेत गरेको पाइयो । प्रतिपक्षबाट मात्र होइन, सत्तापक्षबाट पनि ओली सरकार माथि कडा प्रहार भैरहेको छ । यो सरकारको पक्षमा बोल्नबाट मन्त्रीहरुनै भाग्नु पर्ने अवस्था छ । सरकारले सर्वत्र विश्वास गुमाएको छ ।

पार्टी संचालनको सूत्र

ओलीजीको सरकारले गरेका गलत कामहरुको व्यापक विरोध भए पछि यी विषयहरु पार्टीमा पनि उठ्न थाले । ओलीजीको गलत कार्यशैलीको चर्को विरोध भैरहेको थियो । पार्टी भित्रको आन्तरिक संघर्ष भुसको आगोझैं सल्किँदै थियो ।

 बैसाख ८ गते शिर्ष नेतृत्वहरुलाई पनि थाहा नदिइकन क्याविनेटबाट पठाएर विजुलीको गतिमा राष्ट्रपतिव्दारा पारित दुईवटा अध्यादेश प्रकरणले त्यो आगोलाई दन्काउने काम गर्‍यो । त्यसपछि सचिवालय, स्थायी समिति र केन्द्रीय समितिका नेताहरु नै ओलीजीप्रति बढी आक्रोसित देखिए । उनीहरुको तर्क के छ भने अन्य पार्टी फुटाउन मात्र होइन कि आफ्नै पार्टी फुटाउनकालागि पनि  ओलीजीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गराएका हुन् । उनको नियत नै पार्टी फुटाउने हो । ओलीजीकै निर्देशनमा भएको समाजवादी पार्टीका सांसदको अपहरण काण्डले पार्टीको छवि हेरिनसक्नु गरी बिग्रिएको छ । यस्तो स्थितिमा पार्टी एकतालाई बचाउनका लागि सहमति भएका खण्डमा दुई मध्ये एक जिम्मेवारीबाट हट्ने व्यवस्था गर्ने सोच अन्य नेताहरुको थियो । यसका निमित्त माधव नेपालजीले उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारी सम्वन्धी माग छँदै थियो । यो प्रस्तावलाई नमान्ने ओलीजीको जिद्दी पछि अब दुबै पदबाट उनी हट्नु पर्छ भन्ने बहस जोडतोडका साथ चलिरहेको छ । यसका निमित्त स्थायी समितिको बैठक बोलाउनका लागि २० जना समितिका सदस्यले नेतृत्वलाई संयुक्त पत्र नै बुझाएका छन् । बैठकमा एक व्यक्ति एक पदको माग उठ्ने पक्का भए पछि ओलीजीले पहिले बस्न सहमति जनाए पनि पछि बैठक नै बस्नु आवश्यक नरहेको बताइरहेका छन् । प्रचण्डजीले भनेको दुई तीन दिन पछि बस्ने भन्ने कुरा पनि त्यत्तिकै थन्किए जस्तो भएको छ । कतै बैठकनै नबस्ने त होइन ? भन्ने गम्भीर प्रश्न उठेको छ ।

ओलीजीका विश्वासी एकजना वरिष्ठ स्थायी समिति सदस्यले ओलीजीको बचाउ गर्दै अहिले विद्यमान पार्टीको कुनै पनि समितिले ओलीजीलाई हटाउन नसक्ने कुरा स्पष्ट पारेका छन् । उनले अझ जोड दिएर भनेका छन् कि यदि ओलीजीलाई कुनै पनि पदबाट हटाइयो भने पार्टी एकता नै रहँदैन (अर्थात् यो पार्टी नै फुट्छ) । उनको भनाइ अनुसार यो पार्टी एकताको म्याण्डेट हो । अनि ओलीजीलाई कसले छुने ? कसले पद् छाडनुस् भन्ने दुस्साहस गर्ने ? ओलीजीले प्रयोग गर्ने गरेको निरंकुशताको स्रोत के रहेछ भन्ने प्रश्नको जवाफ ती नेताको भनाईले राम्रो सँग दिए जस्तो लाग्छ ।   


ओलीजीका विश्वासी एकजना वरिष्ठ स्थायी समिति सदस्यले जोड दिएर भनेका छन् कि यदि ओलीजीलाई कुनै पनि पदबाट हटाइयो भने पार्टी एकता नै रहँदैन (अर्थात् यो पार्टी नै फुट्छ) । उनको भनाइ अनुसार यो पार्टी एकताको म्याण्डेट हो । अनि ओलीजीलाई कसले छुने ? कसले पद् छाडनुस् भन्ने दुस्साहस गर्ने ?


एक व्यक्ति, एक पद लागु गर्दै हुनुहुन्छ क्यारे नि ? भन्ने यो पंक्तिकारको जिज्ञासामा एकजना सचिवालय सदस्यले भनेका थिए : एक व्यक्ति, एक पद पार्टीका अरु सबैमा लागु हुन्छ, दुई जनामा लागु हुँदैन ओलीजी र प्रचण्डजीमा । पार्टीमा पनि यस्तो भेदभावपूर्ण निर्णय कसरी भयो होला ? यो सुनेर ६० वर्ष अघि मैले पाणिनी व्याकरणमा पढेको एउटा सूत्रको मलाई सम्झना आयो । त्यसको सार थियो : सबै ब्राह्मणलाई दही दिनू, कौडिन्य गोत्र भएकालाई मोही दिनू ।धन्य छ, लेनिनको जनवादी केन्द्रीयताबाट होइन पाणिनीको व्याकरणको सूत्रबाट  चल्ने नेपाल कम्युनिष्ट पार्टी !                                   

ओलीजीको अचुक हतियार

यतिखेर नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ । तर घटनाक्रमहरुले ओलीजीलाई साथ दिएको हुनाले वारपारको स्थिती टर्दै आउने गरेको छ । यथास्थितिको अवस्था लम्विएको छ । ओलीजीको अपरेसनभन्दा अगाडिको संकटलाई मिर्गौला अपरेसनको संवेदनशील घटनाले बचायो । वैसाख ८ गतेको अध्यादेश प्रकरणबाट उत्पन्न समस्या २० गते उत्कर्षमा पुगेको थियो । २० जना स्थायी कमिटी सदस्यले संयुक्त हस्ताक्षर गरेका आधारमा आयोजित बैठक बस्ने कि नबस्ने भन्ने बहसले पनि चर्कै रुप लिएको थियो । संसदमा सरकारको नीति, कार्यक्रम र बजेट सम्वन्धी विषय प्रस्तुत गर्नुपर्ने आवश्यकताले अहिलेलाई त्यो खड्गो पनि टरेको छ । यत्तिकैमा यो विवाद साम्य भैहाल्ला त ? सबैलाई मान्य हुने ‘विन विन सिचुएसन्’ फेला परिसकेको हो त ? त्यस्तो देखिँदैन । केवल युद्ध विराम मात्र भएको हो भन्ने अनुमान नै सहि हो भन्ने देखिन्छ ।

काक्ताली पर्दै रोकिँदै गरेको यो युद्ध विराम स्थायी विराममा बदलिन्छ वा एक बिन्दुमा गएर त्यो वारपार हुन्छ होला ? आफु अल्पमतमा पर्दा पनि के पी अ‍ोलीले आफुले चाहेको विषयमा एकलौटी निर्णय गरेरै अघि बढिरहेका छन् । बहुमत पक्ष प्रायः जिल्लाराम पर्ने गरेको देखिन्छ । यसको खास कारण के हो त ? ओलीजीले बहुमतका नेताहरुको र पार्टी कार्यकर्ताको ठुलो तब्काको मनो विज्ञान राम्रो सँग बुझेका छन् । त्यो मनो विज्ञान हो कुनै पनि हालतमा पार्टी फुट्नु हुँदैन । पार्टी फुटेपछि त सबै बरवाद भै हाल्छ नि । जे सुकै गरेर पनि पार्टी एउटै भैरहनु पर्छ ।


ओलीजीले बहुमतका नेताहरुको र पार्टी कार्यकर्ताको ठुलो तब्काको मनो विज्ञान राम्रो सँग बुझेका छन् । त्यो मनो विज्ञान हो – कुनै पनि हालतमा पार्टी फुट्नु हुँदैन । पार्टी फुटेपछि त सबै बरवाद भै हाल्छ नि । जे सुकै गरेर पनि पार्टी एउटै भैरहनु पर्छ ।


यो मनोविज्ञानको राम्रो ज्ञान भएका ओलीजीले विराधीहरुलाई बसमा राखि हाल्छन् । जब अन्तरसंघर्ष उत्कर्षमा पुग्दछ पार्टी फुट्नेचर्चाको व्यापक प्रचार प्रसार भै हाल्दछ । त्यसबाट बहुमत पक्ष भयभीत हुन्छ । बेचैन हुन्छ । पछि हट्छ । अनि नयाँ संझौता र सहमतिका बुँदाहरुको खोजी गर्न थाल्दछ । पार्टी फुटाइ दिन्छुपार्टी फुट्छभन्ने दवाबले एउटा अचुक हतियारको काम गरिरहेको देखिन्छ । यसरी विरोधीहरुको भय दोहन गर्ने कला सबै सँग कहाँ हुन्छ र ?

यतिखेर नेपालको राजनीतिमा सरकारी नेकपा फुट्छ कि फुट्दैन ? भन्ने प्रश्न निकै व्यापकरुपमा उठ्ने गरेको छ । यो पंक्तीकारको भनाई के छ भने नेकपा फुट्दैन । त्यहाँ भित्र अरु सबै कुरा हुन्छ, तर पार्टी फुट्दैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एउटा लोगो हो । यसको अरु चिज जहाँ, जस्तो, जे भए पनि लोगो कायमै रहन्छ । 

२०७७ । १ । २८ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीपी गजुरेल
सीपी गजुरेल
लेखकबाट थप