करिनादेखि हेलेनसम्मः वास्तविक जीवनमा सौतेनी आमा हुँदासमेत यी नायिकाले निभाइरहेछन् सुन्दर सम्बन्ध
कहिले सम्बन्धमा तिक्तता त कहिले कुनै कारणवश हालसम्म थुप्रै बलिउड कलाकारले दुईवटा विवाह गरिसकेका छन् । यस्तोमा करिना, हेलेन, हेमा मालिनीसमेत थुप्रै नायिका छन् जसले यस्ता व्यक्तिसँग विवाह गरेका छन् जसको पहिले नै सन्तान थिए । आज मदर्स डेको विशेष मौकामा आज ती नायिकाबारे जानकारी दिँदै छौं जसले ती सन्तानलाई आफ्नो ठानेर पुरा परिवारलाई जोड्दै सम्बन्धको सुन्दरतालाई एक नयाँ आयाम दिएका छन् ।
करिना कपुर खान– सारा अली र इब्राहिम
करिना कपुरले सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेका थिए । यसअघि सैफका जेठी श्रीमती अमृता सिंहबाट दुई सन्तान सारा अली र इब्राहिम छन् । करिना कपुरले थुप्रै मौकामा भनिसकेकी छिन् कि उनी सारा र इब्राहिमकी आमा नभई एक साथी हुन् । यसबाहेक साराले पनि करिनाको निकै तारिफ गरिरहेको देख्न सकिन्छ । एक अन्तरवार्ताको क्रममा करिनाले सारा र इब्राहिमलाई निकै राम्रो तरिकाले हुर्काइएको भन्दै तारिफ गरेकी थिइन् । उनीहरुलाई एक–अर्कासँग समय बिताउन निकै मनपर्छ जसकारण पारिवारिक जमघटमा यी तीनबीच निकै राम्रो बन्डिङ देख्न पाइन्छ ।
हेलन– सलमान खान
सलमान खानका पिता सलिम खानले दुईवटा विवाह गरेका थिए । सम्बन्धको गहिराई यस्तो छ कि आज पनि सलिमका दुई श्रीमती सँगै बस्छन् । आमा सलमा खानले सलमान खानलाई जन्म दिइन् भने उनको हुर्काइमा हेलेनको पनि निकै ठूलो भूमिका रह्यो । यता सलमानले पनि यी दुईबीच कहिले पनि कुनै फरक देखेनन् । यी दुईलाई थुप्रै पटक सँगै देखिएको छ र हरेक पटक उनीहरुबीच निकै राम्रो सम्बन्ध झल्कन्छ ।
शबाना आजमी– फरहान र जोया अख्तर
शबाना आजमीले सन् १९८४ मा जावेद अख्तरसँग विवाह गरेका थिए र त्यतिबेला जावेदको आफ्नी जेठी श्रीमती हनी इरानीबाट दुई सन्तान फरहान र जोया थिए । दोस्रो विवाह गरेको एक वर्षपछि जावेदले जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि फरहान शबानासँग निकै रिसाएका थिए । यी दुईबीच सुरुवाती सम्बन्ध राम्रो थिएन, तर समय बित्दै गएपछि दुबैले यो सम्बन्धलाई स्विकार गरे । शबाना र जावेदका आफ्नो कुनै सन्तान छैनन् ।
सुप्रिया पाठक – शाहिद कपुर
शाहिद कपुरकी आमा निलिमा अजिम पंकज कपुरकी जेठी श्रीमती हुन् । पंकजले जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गरेपछि दोस्रो विवाह सुप्रिया पाठकसँग गरेका थिए । सौतेन आमा हुँदासमेत सुप्रियाले शाहिदलाई निकै माया गर्छिन् । यी दुईलाई थुप्रै पटक एकैसाथ देखिन्छ । शाहिद आफ्नो सौतेनी भाइ बहिनी सनाह र रुहानसँग पनि निकै नजिक छन् ।
स्मृति इरानी – शनेल इरानी
टिभीदेखि राजनीतिसम्म आफ्नो पहिचान बनाइसकेकी स्मृतिले आफ्ना वाल्यकालका साथी जुबिनसँग विवाह गरेकी छिन् जसको पहिले नै एक छोरी शनेल थिइन् । शनेल स्मृतिका दुई सन्तानसँगै स्मृतिसँग बस्छिन् । स्मृतिले आफ्ना सन्तानका साथै शनेललाई पनि निकै प्रेम गर्छिन् । स्मृति उनको सुन्दर तस्बिर आफ्नो सोसल मिडियामा पनि बारम्बार सेयर गर्ने गर्छिन् ।
जसले सौतेनी आमालाई अपनाउन सकेनन्
हेमा मालिनी – सनी देओल र बबी देओल
जेठी श्रीमती प्रकाश कौर हुँदाहुँदै धर्मेन्द्रले हेमा मालिनसँग विवाह गर्नका लागि आफ्नो धर्म परिवर्तन गरेका थिए । यो विवाहपछि परिवार क्षतविक्षत भयो । पछि धर्मेन्द्रसँग बबी र सनीको सम्बन्ध त टिक भयो तर हेमालाई अहिलेसम्म पनि स्विकारेका छैनन् ।
श्रीदेवी– अर्जुन कपुर
बोनी कपुरले श्रीदेवीसँग विवाह गर्नका लागि आफ्नी जेठी श्रीमती मोना कपुरसँग सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि अर्जुन, अंशुला र बोनीबीचको सम्बन्धमा फाटो आएको थियो । यी दुईले श्रीदेवीलाई आफ्ना पिताकी श्रीमतीको रुपमा त स्विकारे तर कहिले पनि उनलाई आमाको दर्जा भने दिएनन् । यद्यपि, श्रीदेवीको मृत्यु भएपछि अर्जुन उनकी छोरी जान्ह्वी र खुसीसँग निकै नजिक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग