केन्द्रीय संस्करण
सरोकार

कोरोनाको अचूक औषधि ? खोजी हुँदैछ, फेला परेकै छैन !

ढुक्क हुनुहोस्– गोमूत्र सेवन गर्दैमा, गोबर घस्दैमा, मन्त्र जप्दैमा, प्रार्थना गर्दैमा र रुमाल हल्लाउँदैमा कोरोना भाग्दैन !

person explore access_timeबैशाख २८, २०७७ chat_bubble_outline0

धेरै भएको छैन नोबेल कोरोना भाइरसले मानिसलाई संक्रमित गर्न थालेको । २०१९ को डिसेम्बरको पनि अन्तिम सातातिरदेखि मात्रै हो यसले मानिसलाई आफ्नो शिकार बनाउन थालेको । शुरुमा चीनको हुबेई प्रान्तको ऊहान शहरको कुनै मासु बजारबाट देखापरेको भनिएको यो ‘ज्यानमारा’ भाइरसले अहिले सिंगो विश्वलाई संत्रस्त र आतंकित बनाएको छ । संसारका सम्पूर्ण गतिविधिलाई यसले ठप्प पारिदिएको छ । कराडौं मानिस यही भाइरसका डरले यतिखेर घरभित्रै ‘बन्दी’को अवस्थामा जीवन बिताउन अभिशप्त छन् । इतिहासमा सम्भवतः पहिलो पटक यही भाइरसका कारण विश्वस्तरमै ठूलो आर्थिक महामन्दीको स्थिति पैदा भएको छ ।

नोबेल कोरोना भाइरस मानव–जातिलाई यति व्यापक रुपमा आफ्नो शिकार बनाउने भाइरसमध्ये सम्भवतः सबैभन्दा कान्छो मानिन्छ, जसलाई सार्सकोभ–२ पनि भनिन्छ । कोभिड–१९ नामक रोग लगाउने यही कान्छो भाइरसले नै यतिखेर (२०७७ वैशाख २८ गते बिहान ३ बजेसम्ममा) संसारभर २ लाख ७९ हजार २७९ जनालाई आफ्नो क्रूर मृत्युपाशमा लपेटिसकेको छ । यही भाइरसका कारण ४० लाख ८० हजार १२२ जना संक्रमणको शिकार भइसकेका छन् । उनीहरुमध्ये १४ लाख २५ हजार १०५ जना हाललाई निको पनि भएका छन् । यस हिसाबले अहिले २३ लाख २८ हजार ७१ जना मध्यमस्तरको संक्रमण र ४७ हजार ६६७ जनाचाहिँ गम्भीर वा जटिल रुपमा यस भाइरसको शिकार बनेको स्थिति छ ।


करिब चार महिनाभित्रै नोबेल कोरोना भाइरसले जे जसरी आतंकको साम्राज्य स्थापित गरेको छ, त्यो अत्यन्तै डरलाग्दो र चिन्ताजनक छ । यस भाइरसले सिर्जना गरेको महाव्याधिसँग जुघ्न संसारभरिकै श्रेष्ठतम मानव मष्तिष्क यतिखेर अहोरात्र लागिपरेका छन्, यो भाइरसलाई केलाउन तथा यसविरुद्धको उपचार खोज्न । यस दिशामा उनीहरुले पाएको ज्ञान र सफलता अहिले प्रारम्भिक चरणकै स्थितिमा छ ।


करिब चार महिनाभित्रै नोबेल कोरोना भाइरसले जे जसरी आतंकको साम्राज्य स्थापित गरेको छ, त्यो अत्यन्तै डरलाग्दो र चिन्ताजनक छ । यस भाइरसले सिर्जना गरेको महाव्याधिसँग जुघ्न संसारभरिकै श्रेष्ठतम मानव मष्तिष्क यतिखेर अहोरात्र लागिपरेका छन्, यो भाइरसलाई केलाउन तथा यसविरुद्धको उपचार खोज्न । यस दिशामा उनीहरुले पाएको ज्ञान र सफलता अहिले प्रारम्भिक चरणकै स्थितिमा छ । अर्थात् यो भाइरस, यसको प्रकृति, यसको उत्पत्ति र यसले बदलिरहेको रुपलाई अझै पनि सम्पूर्ण रुपमा वैज्ञानिक जगत्ले निदान गरिसकेका छैनन् । यसको उपचारको दिशामा पनि वैज्ञानिकहरुले प्रयोगात्मक चरणको मात्रै सफलता पाएका छन् ।

यो भनेको निक्कै गम्भीर स्थिति हो, आंशिक सफलताका खबर आउनु मात्रै पनि उत्साहजनक कुरा पनि हो । अर्थात् एकातिर, कोरोनाको प्रकोपलाई मत्थर गर्न, त्योसँग लड्न अनेक प्रयास भइरहेका छन्, अर्कोतिर अझै प्रमाणसिद्ध औषधि फेला परिसकेका छैनन्, खोप बनाउने प्रयत्न भइरहेका छन्, तर ती प्रारम्भिक चरणमै छन् । विशेषज्ञहरुको कुरा सुन्दा मानिसहरुमा आम रुपमा प्रयोग गर्नेगरी खोप तयार हुनकै लागि एक ढेढ वर्ष अझै कुर्नुपर्छ ।

यस्तो गम्भीर स्थितिमा पनि सबैभन्दा विद्रुप र भद्दा मजाक हुँदैछ, जसले वैज्ञानिक अध्ययन अनुसन्धानलाई नै गिज्याउने काम गरिरहेको छ । विश्वका सर्वश्रेष्ठ मानव मस्तिष्कको साझा प्रयत्नले ‘वैज्ञानिक उत्खनन’ गर्दा पनि राम्ररी केलाउन नसकेको र उपचार नै खोज्न नसकिरहेको बेला यही नोबेल कोरोना भाइरसको अचूक उपचारको रुपमा थरिथरिका ‘अमूक’ र ‘अमोघ’ उपचार विधिको डंका पिटिँदैछ । संसारमा मानिसलाई संक्रमण गर्न र शिकार बनाउन थालेको ४ महिना पनि नभएको भाइरसको उपचारको रुपमा मन्त्रजाप गर्ने, शंख–घण्ट बजाउने, दियो र बत्तीहरु बाल्ने, पूजापाठ गर्ने, कुनै अमूक व्यक्तिको नाममा नामकरण गरिएका झारपातले पूर्णतः निको पार्ने, कालो जीराजस्ता पदार्थको सेवनले कोरानो चट् हुने दावी त्यस्तै भद्दा मजाक हुन् । चाहे अमोघ रामवाणको रुपमा गोमूत्रपान वा गोबरको लेपनले कोरोना भाग्ने दावी हुन् या चाहे ‘साकालावाला’ वा अनेक अमूर्त शब्द कानको जाली नै फाट्नेगरी चिच्याउँदै रुमाल हल्लाएर ‘कोरोना तँ भागी जा’ भनेर कोरोना भगाएको भन्दै गरिने प्रहसन, त्यस्तै विद्रुप रुप हुन् ।

भारतका राजधानी नयाँ दिल्लीमा हिन्दू महासभाका अगुवा तथा कार्यकर्ताहरु ‘कोरोना लाग्नबाट बचाउने र निको हुने’ दावी गर्दै गोमूत्र सेवन गर्दै https://s.rfi.fr


यस्तो गम्भीर स्थितिमा पनि सबैभन्दा विद्रुप र भद्दा मजाक हुँदैछ, जसले वैज्ञानिक अध्ययन अनुसन्धानलाई नै गिज्याउने काम गरिरहेको छ । विश्वका सर्वश्रेष्ठ मानव मस्तिष्कको साझा प्रयत्नले ‘वैज्ञानिक उत्खनन’ गर्दा पनि राम्ररी केलाउन नसकेको र उपचार नै खोज्न नसकिरहेको बेला यही नोबेल कोरोना भाइरसको अचूक उपचारको रुपमा थरिथरिका ‘अमूक’ र ‘अमोघ’ उपचार विधिको डंका पिटिँदैछ ।


भारतमा कोरोनाको महामारी रोक्न भनेर हिन्दूत्ववादी समूहले गोमूत्र सेवनको अभियान नै चलाए । गोमूत्र सेवनले कोरोनाको महामारी त रोकिएन नै, बरु गोमूत्रकै कारण धेरै जना बिरामी परे । नेपालमा पनि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा. जगमान गुरुङले कोरोना भाइरसको किटाणु नाश हुने आशयसहितको मन्त्र नै बताएः ॐ किच वँ वँ गच तितिये स्वाहा । गच वँ वँ गचि तितिये स्वाहा । थिँ धरति सदुमते ज्वल रँ पये स्वाहा ।’यो उनको नितान्त व्यक्तिगत आस्था र विश्वासको कुरा हो, यस अर्थमा त्यसलाई मान्दैमा र पालना गर्दैमा अरुलाई कुनै फरक पर्ने त होइन । तर उपकुलपतिजस्तो उच्च आसनमा रहेका पदाधिकारीले नै जब भाइरस मार्ने उपायको रुपमा मन्त्रको सार्वजनिक सिफारिस गर्छन्, त्यसबेला चाहिँ नेपाली बुद्धिजीवीको बौद्धिक दरिद्रता र धार्मिक अन्धता मात्रै प्रदर्शित हुन्छ । भरखरै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका विरुद्ध ह्वाइट हाउसमा वैदिक मन्त्रोचारण गराउन लगाएको सन्दर्भलाई पनि यही परिदृश्यमा राखेर हेरिनुपर्छ ।

https://middleeastheadlines.com

यस संसारमा एलोपेथीबाहेक आयुर्वेद, युनानी, होमियोप्याथीलगायत थुप्रै वैकल्पिक चिकित्साविधि प्रचलित छन् । ती सबै विधिका आआफ्नै गुण, महत्व र प्रभावकारिता छन् । एउटा चिकित्सा पद्धतिले हात उठाएको रोगमा अर्को चिकित्सा पद्धति प्रभावकारी हुने गरेका सयौं उदाहरण छन् । त्यसमाथि थप, रोगीको उपचारमा प्रत्यक्ष औषधीय हस्तक्षेपबाहेक मानसिक आडभरोसा र विश्वासले पनि ठूलो भूमिका खेल्ने कुरा विज्ञानसम्मत तथ्य नै हो । त्यसलाई आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकारिसकेकै कुरा हो । यस अर्थमा भिन्न भिन्न रोगमा फरक फरक चिकित्साविधिअन्तर्गतका उपचारविधि र प्रभावकारिता हुँदैहुन्न भन्ने दावी गर्नु ठीक होइन र त्यसो भन्नु विज्ञानसम्मत पनि हुन्न । वैज्ञानिक रुपमा नै प्रमाणित भइसकेका तथ्यहरुका हकमा कतिपय रोगको उपचारमा गोमूत्र वा गोबरको उपयोग र प्रभावकारिता पनि त्यही सन्दर्भमा हेरिनुपर्छ ।

आयुर्वेदिक चिकित्सा पद्धतिमा गोमूत्रको उपयोग र प्रभावकारिताबारे प्रशस्त लेखिएका छन् । गोमूत्र मात्रै किन, गाईका अलावा बाख्री, भेडी, भैंसी, गधा, उँट, हात्ती, घोडा र मानिसको मूत्रको समेत औषधी गुणबारे उल्लेख भएको पाइन्छ । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले प्रकाशित गरेको तथा कोषनाथ देवकोटाले भाषासंग्रहसहित लेखेका ‘नेपालीनिघण्टुः’मा मात्रै पनि गोमूत्रका अलावा राँगो–भैंसी, साँढे–वयल, बाख्री, घोडा, हात्ती, उँट, गधा, मानिसको मूत्रको उपयोगबारे उल्लेख गरिएका छन् । तर यसको अर्थ कुनै अमूक उपचार विधिमा वा हरेक नयाँ पुराना रोगको उपचारका अचूक उपाय पहिल्यै थाहा थियो वा पत्ता लागिसकेको थियो  भन्ने कदापि होइन ।

आयुर्वेदिक चिकित्सा पद्धतिमा गोमूत्रको उपयोग र प्रभावकारिताबारे प्रशस्त लेखिएका छन् । गोमूत्र मात्रै किन, गाईका अलावा बाख्री, भेडी, भैंसी, गधा, उँट, हात्ती, घोडा र मानिसको मूत्रको समेत औषधी गुणबारे उल्लेख भएको पाइन्छ । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले प्रकाशित गरेको तथा कोषनाथ देवकोटाले भाषासंग्रहसहित लेखेका ‘नेपालीनिघण्टुः’मा मात्रै पनि गोमूत्रका अलावा राँगो–भैंसी, साँढे–वयल, बाख्री, घोडा, हात्ती, उँट, गधा, मानिसको मूत्रको उपयोगबारे उल्लेख गरिएका छन् ।


यस अर्थमा पनि भरखरै भरखरै देखापरेका नोबेल कोरोना भाइरसले गराउने कोभिड–१९ जस्तो नितान्तै कान्छो र आयुर्वेद विज्ञानका शास्त्र लेखिँदा संसारमा अस्तित्वमै नरहेका रोगको पनि रामवाण औषधी त्यसैमा छ भन्नु सही हुन्छ ?  जसरी भए पनि गोमूत्र तथा गोबरको महिमामण्डन गर्न खोज्ने कामले निहित धार्मिक–राजनीतिक एजेण्डा स्थापित गर्ने स्वार्थसिद्ध त गर्ला, तर वास्तवमा त्यो स्वयं आयुर्वेद शास्त्रकै पनि दुरुपयोग र अपमान हो । उपचारको नाममा गरिने गोमूत्र–गोबरको विद्रुपीकरणको वैज्ञानिक उपचार बेलैमा नखोज्ने हो भने नोबेल कोरोना भाइरसका अज्ञात भयका कारण शारीरिक र मानसिक रुपमा थिलथिलो भइसकेको निरीह र निरुपाय सर्वसाधारणलाई कसैले आयुर्वेदकै हवाला दिँदै मानिस, हात्ती, घोडा, गधा, राँगो–भैँसी, उँट, बाख्राको मूतले पनि कोरोना भाग्छ भनेर भनिदियो र त्यसलाई पत्याएर अभ्यास गर्न थालियो भने कुनै आश्चर्य मान्नुपर्दैन । आखिर आयुर्वेदका कुनै न कुनै ठेलीमा ती मूत्रका चिकित्सीय गुणको उल्लेख त कतै न कतै भएकै पाइन्छन् ।

उल्लेख्य कुरा के हो भने पूर्वेली मानव सभ्यतामा गौपालनले उँचो स्थान र महत्व राख्छ, सयौं वर्षदेखि यसले आर्य वैदिक सभ्यतामा महत्त्व राख्दै आएको छ । खासगरी, कृषि कर्ममा गाईगोरुको मूत्र तथा गोबरको उपयोगिताका कारण, गाईको पोसिलो दूध, त्यसबाट बन्ने दही, घ्यूजस्ता पोषणकारी परिकारका कारण मानव जीवनमा त्यसले महत्त्वपूर्ण स्थान ओगट्न सकेकाे र गौपालनले महत्व पाएको हो । आस्थाका अलावा गाईबस्तुको गुणकारी भूमिकासँगै धार्मिक–राजनीतिक हित र स्वार्थका कारण गाई (गोरु समेत)को देवत्वकरण गरिएको यथार्थलाई इन्कार गर्न सकिन्न ।

आयुर्वेदिक दृष्टिकोणमा औषधीय गुणयुक्त मानिएको गौमूत्रको कुरा गर्दा निश्चय पनि त्यसको गुणस्तरको, संकलन गरिने गाईको स्वास्थ्य, संकलन विधि र त्यसलाई प्रशोधन गर्ने विधिका कुरा पनि आउँछन् होला । यसबारे हामीजस्ता विज्ञानका जिज्ञासुले नभई ती विषयका विज्ञले नै बोल्ने कुरा भयो । सामान्यज्ञान भएकाले पनि ठोकुवा गरेरै भन्न सक्छ, जुन औषधीय गुण भएका गोमूत्रको चर्चापरिचर्चा आयुर्वेदशास्त्रमा गरिएका छन्, त्यो धेरै दूध दिने लोभमा अहिले नानाथरिका एन्टिबायोटिक औषधी तथा रेडिमेड चारोदाना खुवाएर पालिएका गाईबाट पालिएको गोमूत्र कदापि हुन सक्दैन । गोमूत्रको उपयोगिताबारे ठेलीहरु लेखिँदा सम्भवतः अहिलेको जस्तो अकूत नाफा संकलनको लागि थरिथरिका गाईको व्यावसायिक पालन गर्ने प्रचलन चलेकै थिएन । त्यसबेला अहिलेजस्तो भीषण प्रदूषण, प्रकृतिको अथाह दोहन पनि भइसकेको थिएन । त्यसबेलाका (कामधेनु भनिएका) गाईहरु एन्टिबायोटिक र रेडिमेड दानाको भरमा हैन, प्रकृतिको खुला चरनमा घाँसपात, जडीबुटी खाएर बाँच्ने गर्थे । त्यसले गर्दा सम्भवतः उनीहरुको गोमूत्र वा गोबरमा त्यस्ता औषधीय गुण प्राकृत रुपमै उपलब्ध भएको पनि हुनसक्छ । त्यही सत्य हो भने, के अहिलेका गाईको मूत्र वा गोबरमा त्यो गुण उपलब्ध हुन सम्भव छ ?


जुन औषधीय गुण भएका गोमूत्रको चर्चापरिचर्चा आयुर्वेदशास्त्रमा गरिएका छन्, त्यो धेरै दूध दिने लोभमा अहिले नानाथरिका एन्टिबायोटिक औषधी तथा रेडिमेड चारोदाना खुवाएर पालिएका गाईबाट पालिएको गोमूत्र कदापि हुन सक्दैन । गोमूत्रको उपयोगिताबारे ठेलीहरु लेखिँदा सम्भवतः अहिलेको जस्तो अकूत नाफा संकलनको लागि थरिथरिका गाईको व्यावसायिक पालन गर्ने प्रचलन चलेकै थिएन । त्यसबेला अहिलेजस्तो भीषण प्रदूषण, प्रकृतिको अथाह दोहन पनि भइसकेको थिएन । त्यसबेलाका गाईहरु एन्टिबायोटिक र रेडिमेड दानाको भरमा हैन, प्रकृतिको खुला चरनमा घाँसपात, जडीबुटी खाएर बाँच्ने गर्थे । त्यसले गर्दा सम्भवतः उनीहरुको गोमूत्र वा गोबरमा त्यस्ता औषधीय गुण प्राकृत रुपमै उपलब्ध भएको पनि हुनसक्छ ।


संसारमा हालसम्म थाहा पाइएका ६४९५ भिन्नाभिन्नै प्रजातिका अरबौं स्तनपायी जीवमध्येकै एक प्राणी हो गाई । गाईको अनुमानित संख्या डेढ अरब जति छ । आफ्ना आँखाबाट धार्मिक आस्था र विश्वासको चश्मा फुकालेर एकछिन गम्दा अरु स्तनपायी जीवलाई जस्तै गाईलाई पनि विभिन्न किसिमका संक्रामक रोग, किटाणु, जिवाणु, विषाणु र परजीवी कीराले शिकार बनाउने गर्छन् । यो प्राणी पनि अरु स्तनपायी प्राणीजस्तै बिमार पर्छन्, त्यसैकारण मृत्यु पनि हुन्छन् । यस चराचर जगतमा रहेका सम्पूर्ण गाईले नितान्त जैविक प्रक्रियाअन्तर्गत शरीरको विकारलाई निस्काशन गर्ने प्रणालीअन्तर्गत शरीरबाट बाहिर फ्याँकेका गोमूत्र पनि अरु स्तनपायी प्राणीले शरीरमा पैदा भएका विकार निस्काशन गर्ने पिसाबजस्तै हो । एउटा अस्वस्थ प्राणीको मूत्रले मानिसलाई हैजा, झाडापखाला, टिबी, टिटानस, टाइफाइडजस्ता रोग लगाउने खतराबारे सायदै विवाद होला । ठीक त्यही कुरा गोमूत्रको हकमा पनि लागू हुन्छ ।

https://sm.mashable.com

यस अर्थमा पनि भरखर भरखरै देखापरेको कोभिड–१९ लगायत सम्पूर्ण रोगको रामवाण औषधीको रुपमा, गोमूत्रको औषधीय गुणको जसरी सर्वकालिक र निरपेक्ष रुपमा बखान गर्ने गरिन्छ, त्यो आफैंमा अत्यन्तै खतरनाक छ । त्यसको आँखा चिम्लेर प्रयोग गरियो भने ‘कच्चा वैद्यको मात्रा : यमपुरी यात्रा’ उखानलाई मात्रै चरितार्थ गर्नेछ ।

प्रसंगवश भनिहालौं, गोमूत्रमा पोटासियम, क्याल्सियम, मेग्नासियम, क्लोराइड, युरिया, फस्फेट, अमोनिया, क्रिएटिनिनजस्ता ‘पोषकतत्त्व’ हुने कुरा चर्को रुपमा उठाइने गरिन्छ । मूलतः बोटविरुवाले फरक विधि र तरिकाले पोषणको रुपमा ती तत्त्वलाई खाद्यपोषणको रुपमा अवशोषित गरेर लिने कुरामा शायदै मतभेद होला । तर बोटविरुवाका लागि पोषिलो र खाद्यको रुपमा उपयोग हुन सक्ने ती तत्त्व मानिसले गोमूत्रको सोझो सेवनबाट पाउन सक्छन्, तिनले मानिसमा सर्वकालीक औषधीको काम गर्छन् भन्ने तर्क आफैंमा टीठलाग्दो छ । तर्ककै कुरा गर्ने हो भने त गोमूत्रमा मात्रै किन, स्वयं मानिसकै मूत्रमा पनि नाइट्रोजन, पोटासियम, फस्फोरस,क्लोराइड, सोडियम, क्रिएटिनिन क्याल्सियम, कार्बन, अर्गानिक म्याटरलगायतका तत्त्व पाइन्छन् । यसको अर्थ भोलि कसैले बिनाअध्ययन, अनुसन्धान र प्रमाण नै कोरोनाको उपचार मानवमूत्रले हुन्छ भनेर फगत आस्थाकै भरमा भनिदियो भने स्थिति के होला ? यसै पनि स्वमूत्रपान वा शिवांबू चिकित्सापद्धतिमा विश्वास गरेर त्यसलाई उपचारको रुपमा अपनाउने जमात पनि छँदैछन् ।


तर्ककै कुरा गर्ने हो भने त गोमूत्रमा मात्रै किन, स्वयं मानिसकै मूत्रमा पनि नाइट्रोजन, पोटासियम, फस्फोरस,क्लोराइड, सोडियम, क्रिएटिनिन क्याल्सियम, कार्बन, अर्गानिक म्याटरलगायतका तत्त्व पाइन्छन् । यसको अर्थ भोलि कसैले बिनाअध्ययन, अनुसन्धान र प्रमाण नै कोरोनाको उपचार मानवमूत्रले हुन्छ भनेर फगत आस्थाकै भरमा भनिदियो भने स्थिति के होला ? यसै पनि स्वमूत्रपान वा शिवांबू चिकित्सापद्धतिमा विश्वास गरेर त्यसलाई उपचारको रुपमा अपनाउने जमात पनि छँदैछन् ।


चिकित्सा विज्ञानमा एउटा शब्द छ : प्लेसिवो इफेक्ट । कतिपय अवस्थामा बिरामीलाई साधारण सलाइन पानी अमूक औषधी भनेर दिइयो भने त्यसले बिरामीको मनोविज्ञानमा सकारात्मक प्रभाव पारेर औषधी सरहको काम गर्ने गर्छ । यस सानो टिप्पणीमा यसबारे विस्तृत चर्चा गर्न सम्भव छैन । सारांशमा, उपचारको क्रममा मानिसको आस्था र विश्वासले पनि ठूलो महत्व राख्न सक्छ, त्यसले सकारात्मक भूमिका खेल्न सक्छ भन्ने कुराको एउटा दृष्टान्त हाे प्लेसिवाे इफेक्ट । यस अर्थमा गोमूत्र–गोबरको सेवन, मन्त्रजाप, पूजापाठ, शंखघण्टको ध्वनिलगायतका आस्थाजन्य पक्षले कोरोनाका संक्रमणबाट आफूलाई सुरक्षित महसूस गराउने सन्दर्भमा मानिसमा ‘प्लेसिवो इफेक्ट’का रुपमा केही सकारात्मक प्रभाव पार्न सक्लान् । तर तिनै कुरा नै कोरोनाको उपचारको अचूक उपचारविधि हो भनेर चाहिँ भन्नु कुनै पनि स्थितिमा मिल्दैन ।

लेखाइलाई बिट मार्ने तरखर गर्दै गर्दा एक जमानामा पढेको एउटा घतलाग्दो पंक्ति यतिखेर मेरो कानमा गुन्जिरहेको छः

के कति गरिसके मानिसले, पिइसके ब्रम्हाण्ड नै तन्तनी
हाम्रा ‘बाहुन बाजे’ मख्ख छ अझै, छामी टुप्पी जनै कन्दनी !

के कुरामा कुनै शंका छैन भने हामी आम नेपालीको चेतनास्तर जड छैन, त्योभन्दा धेरै अघि बढिसकेको छ ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.