शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुनः सुरु हुँदै च्याम्पियन्स लिग, युभेन्टस र लियोन बीचको खेल अगस्त ७ मा

आइतबार, २८ वैशाख २०७७, ०८ : ३६
आइतबार, २८ वैशाख २०७७

लियोनका अध्यक्ष जिन माइकल आउलासले च्याम्पियन्स लिगको अन्तिम १६ मा युभेन्टससँग आफ्नो टोलीको भिडन्त आगामी अगस्त ७ का लागि तय भएको बताएका छन् । कोरोनाभाइरसको महामारीका बीच सो खेल टुरिनभित्र खाली स्टेयिममा खेलाइने उनले जानकारी दिएका हुन् ।

फ्रेन्च पत्रिका आरटिएलसँग कुरा गर्दै आउलासले भने, ‘युभेन्टससँग हाम्रो खेल अगस्त ७ का लागि निश्चित भएको छ । यो टुरिनमा खाली स्टेडियममा खेलाइनेछ । लुकास टुसार्टको गोलको मद्दतले फ्रेन्च टोलीले पहिलो लेगमा अप्रत्यासित अग्रता लिएको छ ।

यता, आउलासले फ्रान्सको लिग वान रद्द गर्ने निर्णय विरुद्ध कानुनी कारवाहीमा जाने पनि बताएका छन् । लिगमा १० खेल खेल्न बाँकी छँदै महामारीको कारण लिग रद्द गरिएको थियो । शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेनलाई विजेता घोषित गरिएको थियो ।

स्रोत : डेली मेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप