उपचारका लागि न्युयोर्क जानअघि ऋषिले दिएका थिए रवीनाका पितालाई सर्प्राइज

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको यही अप्रिल ३० गते निधन भएको थियो । ऋषि कपुरसँग निकै नजिक रहेकी नायिका रवीना टन्डनले एउटा भिडियो सेयर गरेकी छन् जसमा ऋषिले उनको पिताको लागि एउटा भावुक सन्देश दिएका छन् ।
रवीनाले आफ्नो इन्सटाग्राममार्फत भिडियो सेयर गर्दै लेखेकी छिन्, ‘प्रिय चिन्टु अंकल, यहाँ तपाईंलाई हरेक दिन याद गरिन्छ । न्युयोर्कमा उपचारका लागि जान ठीकअघि उनले बुवाको लागि यो भिडियो रेकर्ड गर्नुभएको थियो । र, बुवाको जन्मदिनमा अचानक पुगेर वहाँलाई सर्प्राइज पनि दिनुभएको थियो । तपाईं जहिले पनि हाम्रो घर र हाम्रो मुटुमा रहनुहुनेछ ।’
रवीना टन्डनका पिता रवि टन्डन फिल्म निर्देशक र निर्माता हुन् । उनले ऋषि कपुरसँग ‘खेल खेल मे’, ‘झुठा कहीँ का’, ‘राही बदल गए’ र ‘आन और शान’ मा सँगै काम गरेका थिए । दुईबीच ४२ वर्षको लामो मित्रता रहेको थियो ।
भिडियोमा रविको जन्मदिनमा ऋषिले उनलाई भिडियो सन्देशको माध्यमबाट शुभकामना दिएका छन् । त्यसपछि सर्प्राइज दिन ऋषि उनकै घरमा पुगेका थिए ।
ऋषि कपुरको निधनपछि रवीनाले भावुक पोस्ट सेयर गर्दै उनीसँग बाल्यकालमा बिताएका पलहरु सम्झिएकी थिइन् । रवीनाका अनुसार ऋषिले उनलाई नभनी नीतूसँग इन्गेजमेन्ट गरेका थिए । उनलाई मनाउनका लागि ऋषिले पेरिसबाट गुडिया किनेर ल्याइदिएका थिए । रवीना र ऋषिले सन् १९९५ मा बनेको फिल्म ‘साजनकी बाहो’ मा सँगै काम गरेका थिए ।
स्रोत : दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी
-
लुम्बिनी प्रदेश : वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी
-
स्वास्थ्य मन्त्रालयद्वारा ५३ लाख बेरुजू असुल, १३ करोड ८५ लाख फर्छ्यौट
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो