बेलायतमा कोरोनाको संक्रमणबाट अर्का पूर्वगोर्खा सैनिकको मृत्यु
लन्डन । कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा अर्का एकजना पूर्व गोर्खा सैनिकको मृत्यु भएको छ ।
बेलायतको मेईडस्टोनस्थित मेईडस्टोन अस्पतालमा ७७ वर्षीय कर्ण बहादुर राईको उपचारको क्रममा निधन भएको हो ।
ताप्लेजुङ जिल्लाको मौवाखोला गाउँपालिका स्थायी घर भएका मृतक राई छोरा र छोरीज्वाईंका साथ बेलायतमा बस्दै आएका थिए ।
कुनै गम्भीर समस्या नदेखिएका राईले पछिल्लो समयमा टाउको दुख्ने समस्याका कारण सिटामोलको सेवन गर्दै घरमा नै बसेका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लागिएको थियो ।
फोक्सोमा भएको समस्याका कारण उनलाई भेन्टिलेटरमा राखिएको भएपनि उपचारकै क्रममा उनको निधन भएको अस्पतालबाट जानकारी गराइएको थियो । उनलाई कोरोनाको पुष्टि भएको जानकारी पनि अस्पतालबाट नै दिइएको थियो ।
हालसम्म बेलायतमा कोरोनाबाट ५२ जना नेपालीले ज्यान गुमाइसकेकाे एनआरएनए युकेले जनाएको छ । जसमा धेरैजसो भूपू गोर्खा सैनिक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण